१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित

काठमाडौं- एसीसी इमर्जिङ नेशन्स कपमा नेपालले खराब सुरुवात गरेको छ। प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ। नेपालले दिएको १८१ रनको लक्ष्य पाकिस्तानले ४६ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। पाकिस्तानको जितमा १३५ बल खेल्दै ९ चौका प्रहार गरेका इमाम उलहकले १०४ रनको योगदान दिए।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र स्पिनर सन्दिप लामिछानेले समान २ विकेट लिए। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १८० रन बनाएको थियो। ओपनर ज्ञानेन्द्र मल्ल सस्तैमा पवेलियन फर्किए पनि अर्का ओपनर सुनील धमलाले भरपर्दा ब्याट्सम्यान शरद भेषावकरसँग साझेदारी गर्दै नेपालको इनिङ उकास्ने प्रयास गरेका थिए।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले १४, ज्ञानेन्द्र मल्लले ३ र सागर पुलने ४ रन बनाए। सुनील धमलाले ४३ र शरद भेषावाकरले ३८ रनको लागि योगदान गरे। बिनोद भण्डारीले २४ रन र आरिफ शेखले १८ रन बनाए। भोली नेपाल बंगलादेशसँग खेल्ने छ।

प्रकाशित: १४ चैत्र २०७३ ११:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App