१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हवाई आक्रमणमा ३३ आइएस लडाकुको मृत्यु

काबुल – अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारको कोट जिल्लामा रहेको आतङ्ककारीहरुको अखाडा लक्षित भएका हवाई आक्रमणमा परी ३३ जना इस्लामिक स्टेट (आइएस) आबद्ध आतङ्ककारीहरु मारिए छन् । 

गत २४ घन्टायता भएको यस कारबाहीमा ती आतङ्ककारीहरु मारिएका गृहमन्त्रायलद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ । 

त्यसैगरी सोही प्रान्तको गदी गाउँमा भएको सुरक्षा कारबाहीमा तीन तालिवानी आतङ्ककारी मारिएका अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षा बलले जनाएको जारी विज्ञप्तिमा जनाएको छ । 

नान्र्गाहार प्रान्तको प्रान्तीय राजधानी जलालावादमा सन् २०१५ को जुलाई महिनाबाट नै ।आइएस लडाकु र सुरक्षाबलबीच भीषण लडाइँ हुँदै आएको छ । 

यस पहाडी प्रान्त अफगानिस्तानको राजधानी काबुलबाट १२० किलोमिटर टाढा रहेको छ । रासस/सिन्ह्वा 

प्रकाशित: १४ चैत्र २०७३ ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App