१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रसियाको विपक्षी दलका नेता पक्राउ

मस्को- रसियाका प्रमुख प्रतिपक्षी दलका नेता एलेक्सी नाभाल्नी पक्राउ परेका छन्। राजधानी मस्कोमा आयोजित भ्रष्ट्रचारविरुद्धको प्रर्दशनमा सहभागी उनलाई आइतबार पक्राउ गरिएको बिबिसीले जनाएको छ।

रसियाका प्रधानमन्त्री दिमत्री मेदभेद भ्रष्ट्रचारमा संलग्न रहेको आरोपमा उनको राजीनामाको मागसहित राष्ट्रव्यापी रुपमा आयोजना गरिएको भ्रष्ट्रचारविरुद्धको प्रर्दशनमा हजारौं सर्वसाधारणको उपस्थिति रहेको बिबिसीले जनाएको छ। अधिकांश प्रर्दशनलाई प्रशासनले स्वीकृति दिएको थिएन। स्वीकृति बिनै प्रदर्शन गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रदर्शनलाई ध्यानमा राखेर राजधानी मस्कोमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने नेता नाभाल्नीसहित दर्जनौं प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरिसकेकोे बिबिसीले जनाएको छ।

प्रदर्शनमा सहभागी प्रदर्शनकारीले पुटिन रहित रसिया, पुटिन ् लगायत नारा लगाएको बताइएको छ।

राजधानी मस्कोको मुख्य भागमा आयोजना भएको र्‍यालीमा सहभागी हुन आउने क्रममा नाभाल्नीलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले उनलाई भ्यानमा राखेर लान खोजेपछि प्रदर्शनकारीले छुटाउने प्रयास गरेका थिए। पक्राउ परेपछि उनले प्रदर्शनकारीलाई प्रदर्शन जारी राख्न ट्विट गरेका छन्।

उनले प्रदर्शनकारीलाई आफूलाई प्रहरी हिरासतबाट मुक्त गर्न भन्दापनि भ्रष्ट्रचारविरुद्ध लड्न आग्रह गरेको बिबिसीले जनाएको छ।

अधिकारवादी संस्था ओभिडी इन्फोका अनुसार एक सय ३० भन्दा बढि प्रदर्शनकारी पक्राउ परेको र स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको समाचार एजेन्सी एएफपीले ओभिडीको रिर्पोटलाई उद्धृत गर्दै जनाएको छ। 

प्रकाशित: १४ चैत्र २०७३ ०४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App