१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जलेर बालकको मृत्यु

त्रिशूली– नुवाकोटको गेर्खुमा दुई वर्षीय बालकको आगोमा जलेर मृत्यु भएको छ ।

विदुर नगरपालिका–११ गेर्खुका शम्भु नेपालका छोरा सुशील नेपाल जलेर गम्भीर घाइते भएको र उनको उपचारका क्रममा कान्ति बाल अस्पताल, काठमाडौँमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

शुक्रबार अपराह्न ३ बजे झाप्रीमा सुतिरहेका सुशीललाई उनका तीन वर्षका दाजु समीरले खेल्ने क्रममा झाप्रीमा अगुल्टो लगाइदिँदा लागेको आगोमा परी गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक कँडेलले बताए। रासस

प्रकाशित: १२ चैत्र २०७३ ०८:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App