१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको खानीमा भएको दुर्घटनामा १० को मृत्यु


सेन्झाउ – चीनको दुई ओटा सुनको खानीमा भएको दुर्घटनामा परी शुक्रबार कम्तीमा १० जनाको मृत्यु भएको छ । 

हेनन प्रान्तमा सँगसगै रहेका दुई ओटा खानीमा दुर्घटना भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । 

स्थानीय समयअनुसार शुक्रबार विहान १०ः३६ बजे १२ जना मजदुर र छ जना व्यवस्थापनतर्फका कर्मचारी क्विनलिङ नामक सुनको खानीमा पुरिएको उनीहरुले बताएका छन् । 

पुरिएको ठाउबाट उद्धारकर्ताले शुक्रबार राती अबेर सात जनाको शव निकालेका छन् । पुरिएका मध्ये अरु १० जनालाई भने उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । अर्का एक जना बेपत्ता भएका छन् । 

त्यस्तैखालको अर्को दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शुक्रबार बेलुका ३ः०० बजेसंगैको सुनखानीमा छ जना मजदुर पुरिएका थिए । उनीहरुमध्ये चार जनालाई बेलुका ५ः३० बजे उद्धार गरिएको थियो भने अरु दुई जना अबेर राति मृत अवस्थामा भेटिएका थिए । 

स्थानीय प्रशासनले दुबै घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ । रासस/सिन्ह्वा 

प्रकाशित: १२ चैत्र २०७३ ०७:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App