१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

१२ राजदूतको नाम अनुमोदन

काठमाडौ – संसदीय सुनुवाई विशेष समितिले सरकारले हालै मात्र दलीय भागवण्डाका आधारमा १२ देशका लागि नेपाली राजदूतको नाम सर्वसम्वत रुपमा अनुमोदन गरेको छ । सरकारले दलीय कोटामा आधारमा विभिन्न १२ देशका लागि राजदुत सिफारिस गरेको थियो ।  सिफारिसमा नेपाली काँग्रेसको कोटामा ५ , माओवादी ४ र राप्रपा २ र फोरम लोकतान्त्रिकको एक व्यक्ति  थिए  । 
उनीहरूको नाममा परेको उजुरी अध्ययन गर्दै समितिले बुधवार पारित गरेको हो। उनीहरू विरुद्ध समितिमा छ थान उजुरी दर्ता भएको थियो । 
सरकारले लक्की शेर्पा अष्ट्रेलिया, निरन्जनकुमार थापा इजरायल, शर्मिला ढकाल पराजुली ओमान, रमेश कोइराला कतार, अर्जुनजङ्गवहादुर सिंह गणतन्त्र कोरिया, प्रतिभा राणा जापान र युवनाथ लम्साल डेनमार्कका लागि सिफारिस भई उनीहरूको नाममा सार्वजनिक सूचना गरेको थियो । चोपलाल भुसाल, बङ्गलादेश, पदम सुन्दास बहराइन, भीमकृष्ण उदास म्यान्मार, विश्वभर प्याकुरेल श्रीलङ्का र महेन्द्रप्रसाद राजपुत साउदी अरेवियाका लागि सिफारिस भएका थिए । 
उनीहरुका विरुद्ध परेको उजुरी सुनुवाई गर्दा अस्वीकार गर्ने आधार नदेखिएपछि बहुमतले स्वीकृत गरेको समितिका सभापति कुलबहादुर गुरुङले बताए ।  समितिले उनीहरुको नाममा परराष्ट्र मन्त्रालयलाई पठाएको छ । परराष्ट्रले सम्वन्धित देशमा एग्रीमोका लागि पत्र पठाउने छ । उक्त देशवाट स्वीकृत भएर आएपछि राष्ट्रपतिले नियुक्त गर्ने छन् ।
 

प्रकाशित: ९ चैत्र २०७३ १०:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App