१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

म्यानचेस्टर अमेरिका जाने

लन्डन- म्यानचेस्टर युनाइटेडले प्रि–सिजनमा अमेरिका भ्रमणमा निस्कने सोमबार पुष्टि गरेको छ। इङ्लिस प्रिमियर लिगको पाँचौं स्थानमा रहेको जोजे माउरिन्होको टोलीको सिजन ब्रेकमा आगामी सिजनको तयारीका लागि गरिने अमेरिका भ्रमणमा लस एन्जल्स, साल्ट लेक सिटी, सान्टा क्लारा र वासिङ्टन डिसी गरी पाँच सहर समावेश हुने जनाइएको छ।

भ्रमणको मिति र युनाइटेडका विपक्षीबारे अहिल्यै सार्वजनिक गरिएको छैन। तर भ्रमणका केही खेल इन्टरनेसनल च्याम्पियन्स कप (आइसिसी) मैत्रीपूर्ण प्रतियोगिताको हिस्सा हुने अनुमान छ।

'नयाँ सिजनका लागि उत्तर अमेरिकाको भ्रमणबाट टोलीलाई राम्रो फाइदा पुग्नेछ। उच्चस्तरीय अभ्यास मैदान र उत्कृष्ट रंगशालामा खेल्दा तयारी पनि राम्रो हुने हामीले विश्वास लिएका छौं,' युनाइटेडका कार्यकारी उपाध्यक्ष इड उडवार्डले विज्ञप्तिमार्फत भनेका छन्, 'पछिल्ला वर्षहरूमा क्लबप्रति अमेरिकीहरूको माया र साथ हामीले अनुभव गर्दै आएका छौं। त्यसैले हामी अमेरिका भ्रमणका लागि आतुर छौं।'

समाचारहरूमा जनाइएअनुसार म्यानचेस्टर सिटी, टोटेनह्याम, रियाल मड्रिड, बार्सिलोना र युभेन्ट्सले पनि आइसिसी खेल्नेछन्। सिटीले हालै मात्र प्रि–सिजनमा अमेरिका भ्रमण गर्ने जनाएको छ। तर थप विवरण भने सार्वजनिक गरिएको छैन।

प्रकाशित: ८ चैत्र २०७३ ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App