१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सडकमा पशुपतिसम्शेर घाइते भएपछि आयोग पुगे कमल थापा

काठमाडौं—उपप्रधान, संघीय मामिला तथा स्थानीय विकासमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा प्रदर्शनमा सहभागी हुन जमल पुगेका छन्। राप्रपाका पूर्व अध्यक्ष तथा बरिष्ठ नेता पशुपति सम्शेर राणा जमलमा प्रहरीसँगको झडपमा घाइते भए लगत्तै उनी जमल पुगेका हुन्।

केही समय सडकमा धर्ना बसेपछि थापा अन्य नेताहरुसहित आयोगमा ज्ञापनपत्र बुझाउन पुगेका छन्। कार्यकर्ता सडकमा कोणसभा गरिरहेका छन्।

केही समय सडकमा धर्ना बसेपछि थापा अन्य नेताहरुसहित आयोगमा ज्ञापनपत्र बुझाउन पुगेका छन्। कार्यकर्ता सडकमा कोणसभा गरिरहेका छन्।

जुलुसको नेतृत्व गरी जमल चोकबाट निर्वाचन आयोगतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप हुँदा राणा घाइते भएका हुन्। राप्रपा कार्यकर्ताले सुरुमै सुरक्षाकर्मीमाथि ढुंगा प्रहारगरेपछि प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको थियो। राप्रपाको प्रदर्शनका कारण रत्नपार्क केन्द्रित काठमाडौं उपत्याकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्न पुगेको छ।

निर्वाचन आयोगले पार्टी विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाइदिएको विरोधमा राप्रपा आन्दोलित भएको हो।

हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रको माग गर्दै सुरु भएको जुलुसको नेतृत्व वृद्ध नेता राणाले गरेका थिए। राप्रपा कार्यकर्ता जमल चोकदेखि आयोग कार्यालय रहेको बहादुर भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा प्रहरीले बल प्रयोग गर्दा राणा घाइते हुन पुगेका थिए।

निर्वाचन आयोगले संविधानको व्यवस्था देखाएर राप्रपाको पार्टीको उद्देश्य खारेज गरेकोविरुद्ध सत्तारुढ दल आक्रोसित बनेको हो।

संविधानमा रहेको राजनीतिक दलसम्बन्धी व्यवस्थामा कुनै राजनीतिक दलको नाम, उद्देश्य, चिन्ह वा झन्डा देशको धार्मिक वा साम्प्रदायिक एकातामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको रहेछ भने भने त्यस्तो दल दर्ता हुने छैन भन्ने व्यहोरा उल्लेख छ। संविधानको सो व्यवस्थाअनुसार आयोगले राप्रपा विधानबाट 'हिन्दू राष्ट्र र राजतन्त्र...' हटाएको थियो।

आयोगको निर्णयविरुद्ध राप्रापले सदनमा संविधान संशोधन प्रस्ताव समेत दर्ता गराएको छ। उसले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने पर्ने भन्दै संसद सचिवालयमा आइतबार संशोधन प्रस्ताव दर्ता गराएको थियो।

प्रकाशित: ७ चैत्र २०७३ ०९:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App