१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अपाङ्गता भएकालाई ह्विलचियर

दमक – यहाँस्थित दमक अपाङ्ग सहयोग समितिले शारीरिक अपाङ्गता भएका ११ जनालाई ह्विलचियर र तीनचक्के साइकल वितरण गरेको छ । 

समितिले आइतबार दमकमा एक कार्यक्रम गरी ती सामग्री हस्तान्तरण गरेको हो । दमक, लखनपुर, गौरादह र धरमपुरका ११ जना अपाङ्गलाई समाज कल्याण परिषद्, राष्ट्रिय अपाङ्ग कोष र राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको सहयोगमा ती सामग्री वितरण गरिएको समितिका अध्यक्ष खगेन्द्रबहादुर भट्टराईले बताए । 

वितरण गरिएको ह्विलचियर र तीनचक्के साइकलको मूल्य करिब रु ६६ हजार पर्ने संस्थाले जनाएको छ । त्यस अवसरमा समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बरालले अपाङ्गको पनि सवलाङ्गसरह समाजमा बाँच्न पाउने अधिकार भएकाले सबै क्षेत्रबाट सहयोग र संरक्षण गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा दमक नगरपालिकाका समाज कल्याण शाखाका प्रमुख डम्बर बराल, राष्ट्रिय अपाङ्ग कोषका सदस्य सचिव यामनाथ मैनाली, नेपाल जेसीजका अध्यक्ष प्रकाश अधिकारीले समाजसेवामा सबैको सहयोग हुनुपर्ने विचार व्यक्त गरेका थिए । रासस

प्रकाशित: ७ चैत्र २०७३ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App