समन्वय समिति सर्लाहीको बोर्डमा मोर्चाले लेखे ‘प्रदेश मधेस सरकार’

आइतबार, ०६ चैत २०७३, १८ : ०८ नागरिक

सन्तोष सिंह

सर्लाही- जिल्ला समन्वय समिति सर्लाहीको बोर्डमा मधेसी मोर्चाले 'प्रदेश मधेस सरकार'को बोर्ड टाँसेका छन्। जिल्ला विकास समिति सर्लाहीको बोर्ड हटाएर राखिएको समन्वय समितिको बोर्डमा मोर्चाका कार्यकर्ताले 'प्रदेश मधेस सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समितिको कार्यालल सर्लाही, मलंगवा लेखिएको बोर्ड टाँसेका छन्।

आइतबार दिउँसो मोर्चाका नेता अशोक यादवको नेतृत्वमा जिल्ला समन्वय समितिको कार्यालयमा पुगेका नेता कार्यकर्ताले मधेस सरकार लेखिएको ब्यानर लगाएका थिए। मोर्चाले जारी असहयोग आन्दोलन अन्तर्गत स्थानीय तह कार्यान्वयमा अवरोध गर्दै समन्वय समितिको बोर्ड हटाएर मधेस सरकारको बोर्ड लगाएको यादवले बताए।

सरकारले स्थानीय तह कार्यान्वयनमा आएको घोषणा गरेसँगै केही दिन अघि मात्रै सदरमुकाम मलंगवामा रहेको जिल्ला विकास समितिलाई रुपान्तरण गरि जिल्ला समन्वय समिति नामाकरण गरिएको थियो।

सहमति विपरीत स्थानीय तह पुनसंरचना गरिएको भन्दै मोर्चाले सर्लाहीको दक्षिणी क्षेत्रका अधिकांश नगरपालिका र गाउँपालिकाको काम अघि बढाउन दिएका छैनन्। पुनसंरचना अन्तर्गत सर्लाहीमा १० नगरपालिका र ७ गाउँपालिका घोषणा गरिएको छ। मोर्चाको आन्दोलनको त्रासले कर्मचारीले कार्यालयमा बसेर काम गर्न सकेका छैनन्। मोर्चाको अवरोधका कारण सर्लाहीमा स्थानीय तह कार्यान्वयनमा समस्या देखिएको छ।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad