१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आयोगले असंवैधानिक निर्णय गर्यो : अध्यक्ष थापा

विराटनगर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । 

राप्रपा मोरङद्वारा आइतबार विराटनगरमा आयोजित ‘स्थानीय निर्वाचन सन्दर्भमा राजनैतिक समसमायिक छलफल’ विषयको कार्यक्रममा उनले निर्वाचनमा मधेसी मोर्चालाई पनि सहभागी हुन आह्वान गरे । 

राप्रपाका अध्यक्ष थापाले निर्वाचन आयोगले हिन्दू राष्ट्र र राजसंस्थालाई हटाउने एकपक्षीय रुपमा असंवैधानिक निर्णय गरेको जनाउँदै सो विषयमा पार्टीले सडक र सदनमा आवाज उठाउने जानकारी दिए । पार्टीका जिल्ला अध्यक्ष माधव आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेता शैलेन्द्र बान्तवा, राजाराम बड्र्तौलालगायतले निर्वाचनमा पार्टी कार्यकर्तालाई एकजुट हुन आह्वान गरे । रासस 

प्रकाशित: ६ चैत्र २०७३ १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App