१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

खेल अझै अस्ट्रेलियाको पकडमा

राँची- भारतका चेतेश्वर पूजाराले शतकीय इनिङ खेले पनि तीव्र गतिका बलर पेट कुमिन्सले ४ विकेट लिएपछि राँचीमा जारी तेस्रो टेस्टमा शनिबारसम्म अस्ट्रेलियाले पकड बनाइराखेको छ। तेस्रो दिनको समाप्तिमा भारत ३६०–६ को स्थितिमा खेलिरहेको छ। पहिलो इनिङमा घरेलु टोली अझै ९१ रनले पछि छ। पूजारा १ सय ३० र ऋद्धिमन शाह १८ रन बनाएर क्रिजमा छन्।

२०११ यता एक मात्र टेस्ट खेलेका कुमिन्सले भारतीय कप्तान विराट कोहलीको महŒवपूर्ण विकेट लिए। तेस्रो दिनसम्म पनि ब्याटिङका लागि राम्रो रहेको पिचमा २३ वर्षे कुमिन्सलाई तीव्र गतिका बलर जोस हाज्लेउड र स्पिनर स्टिभ ओ’किफले मात्र साथ दिए। हाज्लेउड र ओ’किफले १/१ विकेट लिए।

दोस्रो विकेटका लागि मुरली विजयसँग १ सय २ रनको साझेदारी गरेका पूजाराको यो ११औं टेस्ट शतक हो। ४२ रनको स्थितिबाट तेस्रो दिन सुरु गरेका विजयले १० चौका र १ छक्कासहित ८२ रन बनाए। उनी ओ‘किफको बलमा म्याथ्यु वेडबाट स्टम्पिङ भएका थिए।

१७ चौका प्रहार गरेका पूजारा क्रिजमा भएकाले अस्ट्रेलियाले पहिलो इनिङमा बनाएको ४ सय ५१ रन भारतले कटाउने अनुमान गरिएको छ।

‘खेल बराबरीको स्थितिमा छ। यदि हामीले लक्ष्यको नजिक वा त्यो भन्दा धेरै रन बनाउन सक्यौं भने खेल हाम्रो पक्षमा आउने बलियो सम्भावना छ,’ भारतीय ओपनर विजयले भने, ‘पूजाराले उत्कृष्ट ब्याटिङ गरिरहेका छन्। आशा गरौं उनले भोलि पनि राम्रो खेल्नेछन्। पक्कै पनि उनीहरूले राम्रो बलिङ गरिरहेकाले रन बनाउन कठिन छ।’

पूजाराले अजिन्क्या रहाने र करुण नायरसँग महŒवपूर्ण साझेदारी गर्ने प्रयास गरे पनि अस्ट्रेलियन तीव्र गतिका बलरले भारतको मध्यक्रमलाई लामो समय क्रिजमा बस्न दिएनन्। कुमिन्सले रहानेलाई वेडमार्फत क्याच गरे भने हाज्लेउडले रिभर्स स्विङमा नायरलाई बोल्ड गरे।

‘विशेषतः कुमिन्सले अघिल्लो दिनभन्दा आज राम्रो बलिङ गरे। जसमध्ये केही विकेट पनि निस्कियो जसले उत्साहित बनायो,’ अस्ट्रेलयाका सहायक प्रशिक्षक डेभिड साकरले भने, ‘उनलाई छनोट गर्नु सही निर्णय साबित भयो। भारतीय विकेटमा तीव्र गतिका बल फ्याँक्न कठिन हुन्छ। तर उनले राम्रो गरिरहेका छन्।’

दिनको अन्तिम २ घण्टा अस्ट्रेलियाका कप्तान स्टिभ स्थिमले रन रोक्नका लागि सबै बलिङ विकल्प प्रयोग गरेका थिए।

अन्तिम सेसनको ३१ ओभरमा भारतले ३ भन्दा तलको रनरेटमा ५७ रन मात्र जोड्न सक्यो भने २ विकेट गुमायो। त्यसअघि कुममा लागेको चोटका बावजुद कप्तान विराट कोहली नियमित नम्बरमै ब्याटिङ गर्न उत्रिएका थिए। २३ बलमा ६ रन बनाएका कोहली कुमिन्सको बलमा समकक्षी स्मिथबाट क्याच भए।

भारतका स्टार कोहलीलाई अस्ट्रेलियाको पहिलो इनिङमा फिल्डिङ गर्ने क्रममा दायाँ कुममा चोट लागेको थियो। उनी क्रिजमा जानुअघि ४ सय मिनेट मैदानबाहिर बसेका थिए।

अघिल्ला चार शृंखलामा ४ दोहोरो शतक बनाएका कोहलीले यस शृंखलामा ४६ रन मात्र जोड्न सकेका छन्।

‘कोहलीलाई छिट्टै आउट गर्नु सन्तोषजनक रह्यो। तर उनी जस्तो राम्रा खेलाडीले जुनसुकै अवस्थामा पनि पुनरागमन गर्न सक्छन्,’ साकरले भने। टेस्ट वरीयताका शीर्ष दुई टोलीबीच ४ खेलको शृंखला १–१ को अवस्थामा छ।

प्रकाशित: ६ चैत्र २०७३ ०४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App