१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुकुम्बासीद्धारा एमाले सांसदको पुतला दहन

बारा- बारा क्षेत्र नं. ६ बाट निर्वाचित एमाले सांसद पुरुसोत्तम पौडेलका कारण लालपूर्जा नपाएको भन्दै सुकुम्बासीहरुको एक समूहले शनिवार पौडेलको पुतला दहन गरेका छन्।

जीतपुर सिमरा उपमहानगरपालिका–१५ नयाँबस्तीका स्थानीयले पौडेलको पुतला दहन गरेका हुन।

सुकुम्बासी समस्या समाधान आयोग बाराले केही वर्ष पहिला सुकुम्बासीहरुको लालपूर्जा बनाउने प्रक्रिया शुरु गरेको अवस्थामा सासंद पौडेलले चलखेल गरेको उनीहरुको आरोप छ।

नेकपा एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले माओवादी केन्द्रका कार्यकर्ताहरुले राजनीतिक रिसिइबीका कारण सांसद पौडेलको विरोधमा पुतला दहन गरेको बताए। सुकुम्बासीहरुको लालपूर्जा नबन्नुमा सरकार र सुकुम्बासी समस्या समाधान आयोग दोषी रहेको अवस्थामा सांसदलाई दोष लगाउनु नियमसम्मत नभएको पौडेलले भनाई छ।

बाराको निर्वाचन क्षेत्र नम्बर ६ बाराको वन जंगलसँग टाँसिएर रहेकोले यहाँ हजारौको संख्यामा जंगलको र सरकारी ऐलानी जग्गाहरु ओगटेर बसेका छन।

चुनावको समयमा पौडेलले आफू निर्वाचित भएपछि सुकुम्बासी रहेकाहरुको लालपूर्जा बनाई दिने आश्वासन दिएका थिए।

 

प्रकाशित: ५ चैत्र २०७३ १३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App