१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मिटर उल्टो घुमाउने प्राधिकरणका कर्मचारीलाई थुन्न आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले मिटर उल्टो घुमाएर रकम असुल गर्दै आएका विद्युत प्राधिकरणका कर्मचारी र व्यापारीहरुलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

न्यायाधीश पुरुसोत्तम ढकालको एकल इजलाशले मिटर उल्टो घुमाएर विद्युत चोरीमा संलग्नको  देखिएको भन्दै थुनामा राख्ने आदेश दिएको हो। जिल्ला अदालतले प्राधिकरणका कर्मचारीहरु सुमन श्रेष्ठ, मन्जित श्रेष्ठ,भगवान पाण्डे, तहलबहादुर कार्की र व्यापारीहरु तपन  घोषन घोषलाई मुद्दाको किनारा नभएसम्म थुनामा राख्न आदेश गरेको हो। विद्युत चोरी गरि जनतालाई अध्यारोमा राखेको  आरोपमा विद्युत प्राधिकरणका २३ कर्मचारीविरुद्ध ठगी मुद्दा चलाएको थियो। उक्त मुद्दामा पहिलो सुनुवाई गर्दै जिल्ला अदालतले अन्य संलग्न केहीलाई धरौटी र संलग्नता नदेखिएकाहरुलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

विद्युत चोरी गरि जनतालाई अध्यारोमा राखेको  आरोपमा विद्युत प्राधिकरणका २३ कर्मचारीविरुद्ध ठगी मुद्दा चलाएको थियो। उक्त मुद्दामा पहिलो सुनुवाई गर्दै जिल्ला अदालतले अन्य संलग्न केहीलाई धरौटी र संलग्नता नदेखिएकाहरुलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिव्यक्ति दुई करोड २७ लाख रुपैयाँ  असुल हुनु पर्ने र साढे सात वर्षसम्म कैद सजाय हुनु पर्ने दावी गर्दै ठगी मुद्दा चलाएको थियो।

ठगी र संगठित अपराध मुद्दामा साढे सात वर्ष सजाय माग गरी राय सहितको  मुद्दा जिल्ला अदालतमा  सरकारी वकिल कार्यालयमा  दर्ता गरेको थियो।

को को पक्राउ परेका थिए ?

महानगरीय अपराध महाशाखाले माघ पहिलो साता प्राधिकरणका कर्मचारीहरु सुमन श्रेष्ठ, टहलबहादुर कार्की, मनिज श्रेष्ठ, भगवान पाण्डे, सुर्यबहादुर थापा, ठाकुर महर्जन, प्रदीप शर्मा, श्याम बस्नेत, ओम ढुंगाना, दिलबहादुर साउद, अच्युत खड्का, महादेव प्रधान, सुर्यबहादुर कार्की, अन्नपूर्ण सापकोटा, पदमराज जोशीलाई पक्राउ गरेको थियो।

पक्राउ परेका व्यवसायीहरु तपन घोष, कुमार लामा, रमेश चुँडाल, बुद्धकुमार लामा, परवेज आलम र दिवाकर प्रधान रहेका थिए।

प्रकाशित: ४ चैत्र २०७३ ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App