१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मोर्चाद्वारा स्थानीय तहका कार्यालयमा तालाबन्दी

लहान नगरपालिकामा कालोझण्डा झुण्डयाएर कार्यालयमा तालाबन्दी गर्दै मोर्चा कार्यकर्ता। तस्बिर: मिथिलेश

लहान- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले सिरहाको विभिन्न स्थानमा स्थापना गरिएको गाउँपालिका कार्यालयमा झुण्डाएको साइनबोर्ड तोडफोड गरेका छन्। स्थानीय तह संरचनाको विरोध गर्दै मोर्चा कार्यकर्ताले तोडफोड साथै तालाबन्दी गरेका हुन्।  

                सिरहामा ११ गाउँपालिका र ६ नगरपालिका सहित स्थानीय तह कार्यान्वयन भएका १७ वटा कार्यालयहरु मध्ये अधिकांश कार्यालयका साइनवोर्डहरु तोडफोड गरिएको छ।

                जिल्ला समन्वय समितिको कार्यालय सिरहामा पनि शुक्रवार मोर्चाका कार्यकर्ताहरु तालाबन्दी गरेका छन्। यसैगरी लहान नगरापलिका, सिरहा नगरपालिका कार्यालय, जिल्ला समन्वय समिति सिरहा, सखुवाननकारकट्टी गाउँपालिका, लक्ष्मीपुरपतारी गाउँपालिका, बलगावा गाउँपालिका, नवराजपुर गाउँपालिका, धनगडिमाई नगरपालिकामा मोर्चाका कार्यकर्ताहरुले तालाबन्दी गरेको खबर प्राप्त भएको जिल्ला समन्वय समितिका संयोजक सुरेश राउतले जानकारी दिए। उनले भने,‘सुरक्षाकर्मीहरु अबरोध पन्छाउन ‘अलर्ट’ छन्। तालाबन्दी भएका स्थानीय तहको कामकाज ठप्प भएको र सहज बनाउन सुरक्षाकर्मी सक्रिय रहेको उनले बताए।

गाउँपालिका र नगरपालिकाहरुमा मोर्चाका कार्यकर्ताहरु वोर्ड हटाएर कालो झण्डा झुण्ड्याइदिएको सदभावना पार्टीका नेता राजकुमार गुप्ताले जानकारी दिए। उनले भने,‘ राजनीतिकरुपमा समस्या समाधान नभए सम्म स्थानीय तहको कामकारबाही ठप्प पार्छौ।

                स्थानीय निकायको पुनःसंरचनाको विषयलाई लिएर विरोधमा उत्रेका मोर्चाले सप्तरीको स्थानीय तहमा समेत बिहिबरदेखि तालाबन्दी गरेर कामकाज ठप्प पारेको जनाएको छ । जनसंख्याको आधारमा स्थानीय तहको पुनःसँरचना हुनु पर्ने र संसदमा दर्ता रहेको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित हुनुपर्ने माग राख्दै मोर्चा स्थानीय तहको निर्वाचन बिथोल्ने आन्दोलनमा उत्रेको छ।

 

प्रकाशित: ४ चैत्र २०७३ ०८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App