क्यान्डीबाट आत्मनिर्भर बन्दै महिला

शुक्रबार, ०४ चैत २०७३, १४ : २२ नागरिक

काभ्रे – उग्रचण्डी नाला–५ स्थित नारी जागरण बचत तथा ऋण सहकारी संस्थाको एउटा कोठामा महिला लप्सीको गुदी मोल्नमा व्यस्त देखिन्छन् । उक्त गुदीबाट महिलाले विगत केही समयदेखि क्यान्डी बनाउँदै आएका छन् । 

सहकारीले स्वरोजगारका निम्ति महिलालाई केही समयअघि क्यान्डी बनाउने तालिम दिएको थियो । उक्त तालिम लिइसकेपछि नै आफूलाई क्यान्डी बनाउन सजिलो भएको ३२ वर्षीया शोभा गौतम बताउँछन् । कामको थालनी नाला पाउँ भण्डारको नामबाट सुरु गरिएको र फुर्सदको समयमा सो कामलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ । 

“काम नहुँदा के गर्ने कसो गर्ने भन्ने जस्तो लाग्थ्यो, तालिम लिएपछि आत्मनिर्भर बन्न सजिलो भएको छ” गौतमले भने । हाल उनी क्यान्डीको बजार व्यवस्थापनको काम गरिरहेकी छन्। 

त्यस्तै टुकुचा नाला–७ का ३० वर्षीय सुमित्रा घिमिरे विवाह गरेको १० वर्षपछि पारिवारिक सम्बन्ध राम्रो नभएका कारण माइतमा बस्न बाध्य भइन् । उनले पढे पनि श्रीमान्ले नागरिकता नबनाइदिएपछि जागिरसमेत खान पाइनन् । उनीसँग सीपको समेत अभाव थियो । आफूले केही गर्न नसकेकामा उनलाई सधैँ आत्मग्लानी महसुस हुने गथ्र्यो । नारी जागरण बचत तथा ऋण सहकारीबाट महिला आत्मनिर्भरतासम्बन्धी तालिम लिएपछि उनी हाल क्यान्डी बनाएर बिक्री गरी स्वरोजगार बनेकी छन् । 

“पहिला रुँदैमा दिन कटाउँथे, अहिले दिदीबहिनीसँगै काम गर्न थालेपछि स्वरोजगार बनेकी छु,” उनले भनिन् । आत्मनिर्भर बन्न सकेकोमा घिमिरे निकै खुसी छिन् । आयआर्जन गरेर सक्षम हुन सकेकामा शोभा र सुमित्रा औधी खुसी छन् । उनीहरुसँगै गाउँका अरु महिला समेत अहिले क्यान्डीमार्फत आयआर्जन गर्दैआएका छन् । 

बिहान बेलुका घरको काम सकेर महिलालाई क्यान्डीमार्फत आयआर्जन गर्न सजिलो भएको छ । पहिले घरबाट बाहिर निस्कन नसक्ने महिला अहिले क्यान्डी बनाएर बिक्री गरिरहेका छन् । उनीहरुले क्यान्डी बनाएर मासिक रु २० हजारभन्दा बढी आम्दानी गर्दैआएका छन् । नारी जागरण नेपाल नामक संस्थाले पीडित महिलाका लागि विभिन्न तालिम सञ्चालन गर्दैआएको छ । संस्थाका अध्यक्ष निर्मला श्रेष्ठ नेपालबाट युवा विदेश पलायन भइरहेको अवस्थामा स्थानीयस्तरमा रोजगार दिन समय समयमा तालिम प्रदान गर्दैआएको बताउँछिन् । रासस





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad