१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुई सय उनन्चालीस विद्यार्थी परीक्षा दिनबाट वञ्चित

बैतडी – बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षामा (एसइई) यसपटक बैतडीमा २३९ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । 

समयमा विद्यालयमा राजस्व नबुझाएको, बीचमै विद्यालय छाडेको र ७५ प्रतिशत हाजिर नपुगेका विद्यार्थीले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शङ्करदत्त जोशीले जानकारी दिए । 

यो वर्ष बैतडीमा नियमिततर्फ दुई हजार ६७८ छात्र र २ हजार ७५८ छात्रा गरी पाँच हजार ४३६, एक्जामटेडतर्फ ८७ छात्र र ९६ छात्रा गरी १८३ तथा आंशिकतर्फ ३५९ छात्र र ६८८ छात्रा गरी १ हजार ४७ जना गरी कुल ६ हजार ६६६ परीक्षार्थी सहभागी भएको विद्यालय निरीक्षक जोशीले जानकारी दिए । जिल्लामा २५ वटा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको छ ।

प्रकाशित: ४ चैत्र २०७३ ०६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App