१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

उसु खेलाडी जुनी असई भइन्

चितवन-    उसु खेलाडी जुनी राई नेपाल प्रहरीको असई (प्रहरी सहयाक निरीक्षक) भएकी छन् । २५५ दिने आधारभुत तालिम पुरा गरेर उनले आइतबार दर्जयानी चिन्न लगाएकि छन्। भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा राईले उसुमा नेपाललाई रजत पदक दिलाएकी थिइन् । भरतपुरमा रहेको जुनियर प्रहरी अधिकृत शिक्षालयबाट उनले असईको आधारभुत तालिम पुरा गरेकी हुन्।
गत माघमा भारतको आसाम र सिलोङमा भएको सागमा ६० केजी तौल समूहको प्रतिस्पर्धामा जुनिले नेपालकालागि रजत पदक जितेकी हुन्। उनको प्रहरी तालिम साउनबाट सुरु भएको थियो । तालिमकै बीचमा उनले प्रतिस्पर्धामा भाग लिएर पदक जितेकी थिइन् । असइ आधारभुत तालिम समूह १६४ मा ४१ जना महिला सहित ५९२ जनाले तालिम पुरा गरेका छन्।
    तालिम पुरा गर्नेहरु मध्ये जुनि खेलकुद तथा अतिरिक्त क्रियाकलापमा पनि पहिलो भएकी छन्। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको प्रमुख आतिथ्यमा आइतबार सम्पन्न कार्यक्रममा तालिम पुरा गरेका असईहरुको दिक्षन्त समारोह सम्पन्न भएको थियो।

 

 

प्रकाशित: २६ असार २०७३ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App