१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा करिब दुई दशकपछि  जनगणना सुरु

इस्लामाबाद – पाकिस्तानमा हिजो बुधबारबाट कडा सुरक्षाबीच राष्ट्रिय जनगणना सुरु भएको छ । करिब दुई दशकयता भएको यस जनगणना हजारौँंको सङ्ख्याका सुरक्षाकर्मीलाई तैनाथ गरिएको छ । 

पाकिस्तानका राष्ट्रिय प्रमुख असिफ बाज्वाले जनगणना कार्यक्रमको उद्घाटन गर्दै १९ वर्षको अन्तरालपछि पहिलो पटक जनगणना हुनलागेको बताएका थिए 

पछिल्लो पटक पाकिस्तानमा सन् १९९८ मा राष्ट्रब्यापी जनगणना भएको र त्यस बखत राष्ट्रको कूल जनसङ्ख्या अठ्ठार करोडको हाराहारी भएको अभिलेख राखिएको थियो । 

सो आकडामा वृद्धि भइ हालको जनसङ्ख्या बीस करोडभन्दा माथि नै पुग्ने तथ्याङ्क विश्लेषकको अनुमान छ । पाकिस्तान छिटो जनसङ्ख्या वृद्धि हुने विश्वका देशहरुमा छठौ स्थानमा पर्दछ । 

राष्ट्रिय जनगणना कार्यक्रममा प्रत्येक देशवासीका घर दैलो पुगी घरधुरी एवम् परिवार सङ्ख्याजस्ता तथ्याङ्क सङ्कलन गर्न खटाइने सरकारी कर्मचारीको सुरक्षार्थ दुईलाख जति सेना परिचालन गरिने पनि जानकारी दिइएको छ । 

जनगणना दुई चरणमा गरिने छ भने, पहिलो चरणमा मार्च १५ देखि अप्रिल १५ सम्म हुने छ । त्यसैगरी दोस्रो चरणमा अप्रिल २५ देखि मे २५ सम्म हुने बताइएको छ । यस गणनाको अन्तिम परिणाम भने जुलाइको अन्त्यमा मात्र प्राप्त हुने छ । 

प्रकाशित: ३ चैत्र २०७३ ०९:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App