१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको आदेश तत्काल कार्यान्वयन नगर्न अदालतको फैसला

वासिङटन  – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गरेर ६ मुस्लिम राज्यका नागरिकहरूलाई अमेरिका प्रवेशमा लगाएको रोक बारेको निर्णयलाई तत्कालै कार्यन्वयन नगर्नका लागि अमेरिकी एक अदालतले फैसला गरेको  छ।
 अमेरिकाको हवाई राज्यका न्यायधिसले अमेरिकी राष्ट्रपतिको उक्त आदेश तत्कालै लागु नगर्नका लागि फैसला गरेका हुन् ।उक्त राज्यका जिल्ला न्यायधिस डेरिक् वाट्सनले उनको नयाँ यात्रा सम्बन्धी निर्णमा फैसला गरेका हुन् ।
ट्रम्पको उक्त आदेशमा ७ वटा मुस्लिम राष्ट्र सिरिया, इरान , लिबिया, सुडान , यमन , सोमालिया र इजरायललाई ९० दिनका लागि यात्रामा प्रतिबन्ध लगाइएकोमा इजरायललाई तल्कालै उक्त सूचीबाट हटाइएको थियो । राष्ट्रपतिको उक्त आदेश प्रति विभिन्न ६ राज्यहरूले अदालतमा मुद्दा जाहेर गरेका थिए ।
त्यसैेगरी उनले कुनै पनि देशका शरणार्थीहरूलाई १२० दिनका लागि अमेरिका प्रवेशमा समेत रोकलगाउने आदेश जारी गरेका थिए । तर उनको आदेश तत्कालै लागु गर्न नहुने भनि अमेरिकी हवाई राज्यका जिल्ला न्यायधिसको फैसलाले ट्रम्पको आदेश लागु हुनेमा द्विविधा उत्पन्न भएको छ ।
उनको उक्त आदेश बिहिबारबाट लागु हुने भनिएको थियो । यसअघि डोनाल्ड ट्रम्प राष्ट्रपति भए लगतै उनले विभिन्न सात राज्यहरूलाई अमेरिका प्रवेशमा रोक लगाए पनि संघीय अदालतमा भएको विवादले उक्त आदेश कार्यान्वयन हुन सकेको थिएन ।

प्रकाशित: ३ चैत्र २०७३ ०५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App