१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हत्कडीसहित भागेका लामा १६ वर्षपछि पक्राउ

काठमाडौं— १६ वर्ष अगाडि हत्कडीसहित भागेका मानव बेचबिखन मुद्दाका दोषी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले २०४७ सालमा हत्कडीसहित भागेका चार जनामध्ये फुर्बा लामालाई पक्राउ गरेको हो।

ब्युरोकाअनुसार २०४७ असार ८ गते नुवाकोट खरानीटारबाट लामासहित चार जना हत्कडीसहित भागेका थिए। उनलाई प्रहरीले १४ वर्षीया दुई बालिकालाई बिक्री गरेको आरोपमा पक्राउ गरेको थियो। सोही अभियोगमा जिल्ला अदालत नुवाकोटले २०६३ भदौ १३ मा उनलाई दोषी ठहर गर्दै ७ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। 

ब्युरोकाअनुसार उनी चैत १ गते काठमाडौंको बौद्धबाट पक्राउ परेका हुन्। ब्युरोले अदालतको फैसला कार्यान्वयनको लागि उनलाई काठमाडौं जिल्ला अदालत बुझाएकोमा केन्द्रीय कारागार पठाएको छ। 

 

प्रकाशित: १ चैत्र २०७३ १०:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App