१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चुनावका लागि सीमाङ्कन हेरफेर आवश्यक छैनः प्रधानमन्त्री  दाहाल

मंगलबार ललितपुरमा स्थानीय तहकाे कार्य शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल। तस्बिरः दिपेश श्रेष्ठ

ललितपुर– प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनका लागि सीमाङकन हेरफेर आवश्यक नभएको बताएका छन् । नयाँ राज्य पुनर्संरचनाअनुसार गठन भएका स्थानीय तहको कार्यालय तथा कार्य सञ्चालनको औपचारिक उद्घाटन समारोहलाई ललितपुरमा सम्बोधन गर्दै मंगलबार बिहान प्रधानमन्त्री दाहाले यस्तो बताएका हुन् । 

वैशाख ३१ गतेको घोषित मितिमै चनाव गराउन सरकार लागिपरेको भन्दै उनले चुनाव हुँदैकी भन्नेमा शंका नगर्न आग्रह गरे । 

माओवादीले गरेको सशस्त्र युद्धमा तराइका १३ हजार जनताले बलिदानी गरेको भन्दै उनले मधेशको माग पूरा गराउनु आफ्नो दायित्व भएको बताए। 

प्रधानमन्त्री दाहाले देशका ७४४ वटै स्थानीय तहको कार्यालय सञ्चालन तथा कार्य प्रारम्भको औपचारिक शुभारम्भ गरेका हुन् । 

कार्यक्रममा प्रधानमन्त्री दाहाले नेपालमा स्थानीय शासनको इतिहासमा नयाँ अध्याय सुरु भएको बताउँदै यो सामान्य सुधार नभएर महत्वपूर्ण क्रान्तिकारी परिवर्तनको प्रतिक भएको बताए । उनले सिंहदरवारमा निहित कार्यपालिका, व्यवस्थापिका र न्यायपालिको अधिकार र स्रोत साधनलाई पहिलो चोटी गाँउ गाँउसम्म पु¥याउने गरी स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याइएको पनि बताए । 

‘हालसम्म जिल्ला, अञ्चल, क्षेत्रीय सदरमुकाम र खासगरी काठमाडौंबाट हुदै आएका थुप्रै काम, कार्वाही र सेवाको वितरण सम्बन्धित गाँउपालिका वा नगरपालिकाबाटै हुनेछ,’ उनले भने। 

प्रधानमन्त्रीले स्थानीय तहको पुर्नसंरचना र कार्यप्रारम्भसँगै गणतन्त्रको उज्यालो घामको अनुभूति जनताले गर्न पाएको भन्दै यो परिवर्तन ल्याउन योगदान पु¥याउने सबैमा आभार व्यक्त गरे। उनले कर्मचारीहरुलाई स्थानीय तहमा जिम्मेबारी लिएर जनताको सेवामा समर्पित हुन निर्देशन दिए । 

‘संविधान कार्यान्वयनका लागि यो एउटा ऐतिहासिक फड्को हो,’ प्रधानमन्त्री दाहालले भने, ‘सरकार र विकास अब मतपेटिकाका रुपमा जनताको घरदैलोमा छ। अहिले सरकारको अर्जुन दृष्टि स्थानीय तहको निर्वाचनमा केन्द्रित छ। निर्वाचन सफल हुँदा देशले जित्छ, जनताले जित्छन्। स्थानीय तहको निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव हो। २० वर्षपछि गुणात्मक उपलब्धीसहित हुन लागेको यो महोत्सवमा विना संशय, विना धक, विना डर, मन वचन र कर्मले उत्साहका साथ सहभागी हुन म सिंगो देशलाई हार्दिक आमन्त्रण गर्दछु ।’

सरकारको अहिले ध्यान र जोड राजनीतिक समझदारीका आधारमा संविधान संशोधन गर्न रहेको भन्दै मधेश, पहाड, हिमाल जोड्ने र संविधानको स्विकार्यता बढाउने अडानवाट आफू एक इन्च पनि पछि नहटेको बताए ।  

प्रकाशित: १ चैत्र २०७३ ०८:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App