१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिन्धुलीका स्थानीय तहमा तोकिए कार्यकारी अधिकृत

सिन्धुली– राज्यको नयाँ संरचनाअनुसार जिल्लामा काम सुरु हुने भएको छ। सोमबार जिल्ला विकास समितिको कार्यालय हालको जिल्ला समन्वय समितिको कार्यालयमा बसेको बैठकले स्थानीय संरचनाअनुसार काम गर्न जिम्मेवारी तोकिएको हो।

नयाँ संरचनाअनुसार सात गाँउपालिकासहित २ नगरपालिका बनेको सिन्धुलीमा जिल्लाभरका गाँउपालिका तथा नगरपालिका कार्यालयहरुमा कार्यकारी प्रमुख तोकी काम सुरु गर्न निर्देशन भएको बताइएको छ। गाँउपालिका र नगरपालिकाको कार्यकारीको जिम्मेवारी दिई काम सुरु गर्न भनेका छाैं, स्थानीय विकास अधिकारी शिवप्रसाद हुमागाईंले भने।

उनकाअनुसार कमलामाई नगरपालिकामा हालका कार्यकारी अधिकृत जगतप्रसाद भुषाल, दुधौली नगरपालिकामा ओमप्रकाश सुबेदी, सुनकोसी गाँउपालिकामा लक्ष्मीप्रसाद देवकोटा, गोलन्जोर गाँउपालिकामा रोहितकुमार कार्कीलार्इ ताेकिएकाे छ।

त्यस्तै, तीनपाटन गाँउपालिकामा गोपालप्रसाद पहाडी, घ्याङलेक गाँउपालिकामा कमल लामा, फिक्कल गाँउपालिकामा कृष्णप्रसाद पौडेल, मरिण गाँउपालिकामा भोलाकुमार आले र हरिहरपुरगढी गाँउपालिकामा विष्णुमणि कोइरालालाई कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको छ । 

कार्यकारी प्रमुखको जिम्मेवारीमा पुरानो संरचना अनुसारका गाविस सचिवको जिम्मेवारी सम्हालेका कर्मचारीहरु मध्ये बरिष्ठताको आधारमा वरिष्ठलाई गाँउपालिकाको कार्यकारी अधिकृत तोकिएको स्थानीय विकास अधिकारी हुमागाईंले बताए। उनका अनुसार नगरपालिकामा भने हाल कार्यरत कार्यकारीलाई नै प्रमुख तोकिएको छ।  

स्थानीय निकायसहित दलहरुको लामो कसरतपछि सात गाँउपालिका र २ नगरपालिका गरी ९ स्थानीय तहको संरचना सिफारिस भएको थियो। हालै सरकारले गरेको निर्णयअनुसार सिन्धुलीमा स्थानीय तह कार्यन्वयनमा आएको हो। 

सोमबार नै जिल्ला विकास समितिलाई परिवर्तन गरी जिल्ला समन्वय समितिमा रुपान्तरण गरी बोर्ड राखिएको छ। लेटरप्याड र छापहरु पनि परिवर्तन गर्न लागेको बताइएको छ। सरकारले शुक्रबारबाटै स्थानीय निकाय भंग गरेको हो। 

 

प्रकाशित: ३० फाल्गुन २०७३ १०:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App