१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हावाहुरीले विद्युत प्रणालीमा केहि समस्या

काठमाडौं- राजधानीमा शुक्रबारदेखि सुरु भएको हावाहुरीले लाइन टि्रप हुने र ट्रान्सफरमर जल्ने कारणले गर्दा काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिमा समस्या भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार धेरै पुराना प्रसारणलाइन संरचना भएकाले हावाहुरी लाग्न साथ वितरण प्रणालीमा समस्या आउन गरेको छ। उपत्यकाका धेरै स्थान बारम्बार बिजुली गइरहने र कम भोल्टेजमा बिजुली प्रवाह हुने गरेको भन्दै उनले राति खिम्ती ढल्केबर प्रसारणलाइनमा टि्रपिङ भएपछि विद्युत् आपूर्तिमा समस्या आएको जनाए।

अधिकारीले आफनो फेसबुक पेजमा पनि सर्बसाधारणको जनाकारीकोलागी उक्त सुचना सार्वजनिक गरेका छन्। यस्ता समस्याबाट दिर्घकालिन मुक्तीको लागि काठमाडौंको वितरण प्रणाली सुधारमा योजना बद्ध ढंगले अघि बढ्ने अधिकारीले फेसबुक मार्फत जनाएका छन्। त्यसका लागि सुरुमा स्मार्ट मिटररस्मार्ट ग्रीड लगायका सुधार कार्यक्रम लागु गर्ने उनले जनाएका छन्।

अझै पनि कतिपय स्थानमा बिजुली आपूर्तिमा अवरोध आइरहेको भन्दै उनले पुराना प्रणालीलाई विस्थापन गरेर नयाँ अटोमेसन प्रणालीमा जान तयारी भइरहेको जानकारी दिए।

हाल एसियाली विकास बैंक (एडीबी) को सहयोगमा राजधानीमा भूमिगत विद्युत् प्रणालीका लागि काम हुन लागेको उनको भनाई छ। पुराना प्रणालीले गर्दा उपत्यकाको विद्युत आपूर्तिमा बारम्बार समस्या आएको छ, त्यसैले सम्पुर्ण संरचनागत प्रणलीको काम हुन लागेका हो, उनले भने।

यस्तै, शुक्रबारदेखि सुरु भएको वर्षाले नदीमा जलस्तर बढ्न गई विद्युत् उत्पादन थप भएपछि भारतबाट झण्डै डेढ सय मेगावाट बिजुली आपूर्ति बन्द हुँदा पनि लोडसेडिङ भएको छैन्।

शुक्रबारराति भारतको मुज्जफपुरमा ठूलो चट्याङ परेर अन्तरदेशीय प्रसारणलाइनमा लाइटिङ एरेस्ट भएपछि ढल्केबर मुज्जफपुरबाट १४५ मेगावाट बिजुली आपूर्ति बन्द भएको पनि उनले जनाए। ढल्केबर–खिम्ती प्रशारण लाइन मार्फत काठमाडौं समेत यो बिजुली ल्याइएको थियो। विद्युत् आपूर्ति सुचारु गर्न भारतको मुज्जफपुरमा काम भइरहेको उनले बताए। शनिबार साँझसम्म उक्त  प्रसारणलाइनबाट बिजुली आपूर्ति हुने संभावना रहेको भन्दै भारततर्फ समस्या आएकाले आपूर्ति सुचारु हुन कति समय लाग्छ भन्ने अवस्था नरहे पनि शनिबार साँझसम्म नियमित आपूर्ति हुने अपेक्षा गरेको बताए।

तर, भारतबाट ठूलो परिमाणको बिजुली आपूर्ति बन्द भएपनि विद्युत प्रणालीमा कुनै समस्या नभएको उनले स्पष्ट पारे।

नदीमा जलस्तर बढेर बिजुली उत्पादनमा सुधार आएपछि विद्युत् प्राधिकरणको आम्दानी बढ्ने पनि उनको भनाइ छ। यसले आउन लागेको एसएलसी परीक्षालाई पनि सहयोग हुने अपेक्षा प्राधिकारणले बताए उनले बताए।

कुलमानलाई म्यागसेसे सिफरिस

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई रामोन म्यागसेसे पुरस्कारका लागि सिफरिस गरिएको छ। उनले विद्युत व्यवस्थापनमा ठूलो योगदान पुर्याएको भन्दै एक कार्यक्रमकाबीच उनको नाम पुरस्कारका लागि प्रस्ताव गरिएको हो। लोडसेडिङ्को समस्या खेपिरहेका बेला प्राधिकरणको कार्यकारीमा नियुक्त भएर देशलाई छोटो समयमा नै उक्त समस्यामबाट मुक्ता गराउन सकेको भन्दै सो पुरस्कार प्रदान गर्न प्रस्ताव गरिएको इनर्जी डेभलपमेण्ट काउन्सिलका अध्यक्ष सुजित आचार्यले बताए। उनले सिफरिस पत्र फिलिपिन्सकी समाजसेवी राजकुमारी मारिया आमोर तोरेसलाई बिहीवार काठमाडौंमा हस्तान्तरण गर्दै उक्त कुरा जनाएका हुन्। फिलिपिन्स इकोनोमिक जोनकी सल्लाहकारसमेत रहेकी राजकुमारी तोरेस 'ट्राभलिङ प्रिन्सेस'का रूपमा चिनिन्छिन्। वी केयर फर ह्युमानिटी नामक संस्थाकी संस्थापकसमेत रहेकी उनी मानवीयताका लागि स्वच्छ ऊर्जाको विकासमा लागेकी छिन्।

हरेक वर्ष विश्वभरका उत्कृष्ट काम गर्ने व्यक्तिहरूलाई विभिन्न विधामा रामोन म्यागसेसे पुरस्कारद्वारा सम्मानित गर्दै आएकोमा यस वर्ष प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सो क्षेत्रमा अतुलनीय काम गरेको भन्दै पुरस्कारबाट सम्मान गर्न प्रस्तावपत्र पठाइएको उनले बताए। कार्यक्रममा पत्र ग्रहण गर्दै राजकुमारी तोरेसले आफूले सम्बन्धित ठाउँमा पत्र पुर्याई पुरस्कारका लागि सुझाव दिने वताइन्। अघिल्लो पटक नेपाल आउँदा आफुले दैनिक १२ घण्टाको लोडसेडिङ भोग्नु परेको जानकारी दिँदै यो पटक त्यस्तो नभएको समेत उनले बताइन्।

प्रकाशित: २९ फाल्गुन २०७३ ०४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App