१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संशोधन यथास्थितिमा हुन नसक्ने राप्रपाकाे धारणा यथावत्ः उपप्रम थापा

काठमाडौं–  उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले नवनियुक्त मन्त्रीको स्वागत तथा सम्मानका लागि शुक्रबार आयोजना गरेको कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले वर्तमान सरकारको विकल्प अहिले खोजेमा निर्वाचन अन्योलमा पर्ने र संविधान कार्यान्वयन धरापमा पर्ने बताउँदै निर्धारित समयमा स्थानीय निर्वाचनको सुनिश्चितताका लागि पछिल्लो पटक राप्रपाले सरकारमा आफ्नो नेतृत्वमा सहभागिता जनाएको स्पष्ट पारे।  

राप्रपाका अध्यक्ष थापाले संविधान संशोधन यथास्थितिमा हुन नसक्ने पार्टीको पूर्ववर्ती मान्यता परिवर्तन नहुने पनि बताए। सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री दिलनाथ गिरी र राज्यमन्त्री पर्शुराम तामाङले आफूहरुले सरकारमा रहेर देश र जनताप्रतिको निष्ठा तथा पार्टी सिद्धान्तलाई कायम गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसअघि पार्टीका नेता दीपक बोहरा र विक्रम पाण्डे मन्त्रिमण्डलमा सहभागी भइसकेका छन्। रासस 

प्रकाशित: २७ फाल्गुन २०७३ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App