१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उपत्यकामा हावाहुरी चल्ने सम्भावना

काठमाडौं- पश्चिमी वायु प्रभावले उपत्यकालगायत मध्य र पूर्वी नेपालमा बिहीबार मौसममा बदली भई छिटफुट वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमबाट बुधबार प्रवेश गरेको पश्चिम वायुको प्रभाव देखिएको हो।

‘वायुका कारण उपत्यकासहित मध्यक्षेत्रमा मौसम बदली भई छिटफुट वर्षात् भयो’, महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने, ‘वायुको प्रभाव बुधबार पश्चिमी क्षेत्रमा बिहीबारमध्ये क्षेत्र रह्यो भने शुक्रबार पूर्वी क्षेत्रमा सामान्य रहनेछ।’ पश्चिमी वायुको प्रभाव विशेषगरी जाडो समयमा रहन्छ। यो अन्तिमअन्तिम समयको पश्चिमी वायु प्रभाव भएको महाशाखाको अनुमान छ।

उपत्यकालगायत मध्य क्षेत्रमा वायु प्रभाव टरेसँगै शुक्रबार हावाहुरी चल्ने अनुमान माहाशाखाको छ। ‘उपत्यकासहित आसपासका क्षेत्रमा हावाहुरी चल्न सक्छ,’ श्रेष्ठले भने, ‘हावाहुरी छोटो समय तर वेगले चल्न सक्छ।’ त्यसपछिको मौसम भने सफा रहने महाशाखाले जनायो।

 

प्रकाशित: २७ फाल्गुन २०७३ ०३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App