१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

छैटौंपटक मन्त्रिमण्डल विस्तार, थापा उपप्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार मन्त्रिपरिषद् छैटौंपटक विस्तार गरेका छन्। सरकारबाट राष्ट्रिय प्रजतन्त्र पार्टी अलग हुने चर्चा चलिरहेका बेला अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीसहित दाहालले आफ्नो नेतृत्वको सरकारमा भिœयाएका हुन्।

थापाले बिहीबारै उपप्रधान तथा स्थानीय विकासमन्त्रीको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन्। त्यससँगै दाहाल नेतृत्व सरकारमा उपप्रधानमन्त्रीको संख्या तीन पुगेको छ।

त्यस्तै, दाहाल नेतृत्व सरकारमा थापासँगै राप्रपाकै एक मन्त्री पनि थपिएका छन्। राप्रपा नेता दिलनाथ गिरीले पनि मन्त्रीको शपथ लिएका छन्। उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसअघि, स्थानीय विकाय मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डेलाई पशुपक्षी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका नेपाली कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएको छ। तर, दुवैले असन्तुष्टि जनाउँदै आएका छन् भने खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका प्रेमबहादुर सिंहलाई विज्ञान मन्त्रालय तोकिएको छ।

त्यस्तै, राप्रपाकै सांसद परशुराम तामाङले पनि राज्यमन्त्रीको जिम्मेवारी पाउने भएका छन््। पर्यटन राज्यमन्त्रीका रुपमा उनको बिहीबारै शपथ हुने बताइए पनि हुन सकेन। पर्यटन मन्त्रालयको जिम्मेवारीसहित शुक्रबार राज्यमन्त्रीको शपथ लिने तयारीमा रहेका तामाङले भने, 'भोलि १० बजे हुन्छ भनिएको छ तर अहिलेसम्म खबर आएको छैन।' अहिले पर्यटन राज्यमन्त्रीको जिम्मेवारी कांग्रेस सांसद इन्द्र बानियाँले सम्हाल्दै आएका छन्। राज्यमन्त्रीबाहेक उपप्रधानमन्त्री र मन्त्रीले संविधानको धारा ८० बमोजिम शपथ लिएका छन्।

प्रकाशित: २७ फाल्गुन २०७३ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App