१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

फुटबल टोलीलाई बिदाइ

काठमाडौं- एसएफटी दक्षिण एसिया यु–१६ फुटबल प्रतियोगिता खेल्न श्रीलंका जान लागेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले बुधबार बिदाइ गरेको छ। यु–१६ को प्रतियोगिता भए पनि नेपालले यु–१५ टोलीलाई सहभागी गराउन लागेको एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले बताए।

नेपाली टोली बिहीबार श्रीलंका जानेछ। प्रतियोगितामा नेपालको तर्फबाट १८ खेलाडी र ६ अफिसियलसहितको २४ सदस्यीय टोलीले भाग लिनेछ। टोलीको व्यवस्थापकमा मधुसूदन उपाध्याय र प्रशिक्षकमा सुनील श्रेष्ठ रहेका छन्।

जापान फुटबल संघ (जेएफए)ले दक्षिण एसियाली फुटबलको विकासका लागि श्रीलंकामा प्रतियोगिता गर्न लागेको तुलाधरले बताए।

यसअघि जापानमै प्रतियोगिता हुने गरेको थियो। एसियाली फुटबल महासंघ(एएफसी) ले स्वीकृति प्रदान गरेको प्रतियोगितामा भुटान, श्रीलंका र जापानले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले शनिबार भुटानसँग, आइतबार जापान र मंगलबार श्रीलंकासँग खेल्नेछ। बुधबार नेपाली टोली स्वदेश फर्कने कार्यक्रम छ।

नेपाली टोलीलाई बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ, कार्यवाहक महासचिव सञ्जीव मिश्र, सिइओ तुलाधरलगायतले बिदाइ गरेका थिए।

प्रकाशित: २६ फाल्गुन २०७३ ०४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App