१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नागरिककर्मीसहित तीन नारीशक्ति सम्मानित

काठमाडौं- १०७औं नारी दिवस अवसरमा केयर महिला छात्रावास कोटेश्वरले नागरिककर्मी चाँदनी हमालसहित तीन नारी शक्तिलाई सम्मान गरेको छ। छात्रावासले बुधबार नागरिककर्मी हमाल, मीना श्रेष्ठ र बिनु शाहलाई खादा र पुरस्कारसहित सम्मान गरेको हो।

छात्रावास सञ्चालक पुष्पा अधिकारीले पत्रकारितामार्फत नारी हितमा कलम चलाएकाले नागरिककर्मी हमाललाई, महिला बेचबिखनविरुद्ध सक्रिय अभियन्ता रहेकाले मीना श्रेष्ठलाई र शिक्षा क्षेत्रमा योगदान पुर्‍याइरहेकाले जनकपुरकी बिनु शाहलाई सम्मान गरेको बताइन्।

प्रकाशित: २६ फाल्गुन २०७३ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App