१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओलीले किन असुरक्षित महसुस गरे ?

काठमाडौं- सप्तरी घटनापछि मेची–महाकाली अभियान स्थगन गरेर काठमाडौं आएका प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सुरक्षा मागेका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको द्विपक्षीय छलफलका क्रममा अध्यक्ष ओलीले फागुन २७ गतेदेखि पुनः  मेचीमहाकाली अभियान सुरु हुने लागेको जनाउँदै त्यसका लागि सुरक्षा माग गरेका हुन्। 

प्रतिपक्षी दलका नेताले मागेको सुरक्षा व्यवस्था उपलब्ध गराउन सरकार तयार रहेको प्रधानमन्त्रीले बताएको जानकारी उनका प्रेससल्लाहाकार गोविन्द आचार्यले  दिए। 'ओलीजीले सुरक्षा ब्यवस्था माग गर्नु भएको थियो,' जवाफमा प्रधानमन्त्रीले निश्चिन्त हुन आग्रह गर्नुभएको छ', आचार्यले नागरिकसँग भने। तर, प्रधानमन्त्री दाहालले मुलुकको नयाँ परिस्थितिलाई ख्याल गर्दै केही समय अभियान स्थगित गर्न ओलीसँग आग्रह गरेको जानकारी आचार्यले दिए।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको चुनाव स्थगन गरेर संविधान संशोधन प्रक्रियामा जानुपर्ने र सो नगरे ७ दिनभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएकाले राजनीति जटिल मोडमा पुगेको दाहालले ओलीसमक्ष राखेका थिए।

प्रधानमन्त्री निर्वाचनमा दाहाललाई मत हालेको मोर्चाले ७ दिनभित्र आफ्ना माग पूरा नभए समर्थन फिर्ता लिने भन्दै लिखित ज्ञापनपत्र बुझाइसकेको छ।

 

प्रकाशित: २६ फाल्गुन २०७३ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App