१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विष सेवन गरी प्रेमी–प्रेमिकाले गरे आत्महत्या

कोहलपुर– बर्दियाका एक प्रेमी जोडीले विष सेवन गरेर आत्महत्या गरेका छन्। बर्दिया धधवार–२ की १३ प्रमिला चौधरी र धधवार ७ का १६ वर्षीय सत्रुधन चौधरीले मंगलबार सल्फास सेवन गरी आमहत्या गरेका हुन्। 

दुवैको मंगलबार बेलुका ५ बजेतिर उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। दुवै नाबालक रहेकोले अहिले विवाह गर्न केटाकेटी पक्षका अविभावक विवाहका लागि राजी नभएपछि केटीकै घरमा प्रमिला र सत्रुधनले विहान ११ बजेतिर सल्फास विष सेवन गरेका थिए। विष सेवनबाट गम्भीर अवस्थामा रहेका उनीहरुलाई दिउँसो साँढे २ बजेतिर उपचारका लागि मेडिकल कलेज कोहलपुर ल्याएको थियो। उपचारकै क्रममा बेलुका केटाकेटीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले बताए। 

‘केटीको घरमा बिहान अविभावकबीच विवाहको कुरा चल्दै गर्दा भित्र कोठामा दुबै जनाले संयुक्त रुपमा सल्फास सेवन गरेको पाइयो,’ उनले भने, ‘अविभावक उमेर नपुगेकोले तत्काल विवाह गर्ने पक्षमा नरहेकोले हत्या गरेको बुझिएको छ।’ 

केटाकेटीको शवलाई कोहलपुर प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल बर्दियामा पठाएको छ।  

 

प्रकाशित: २५ फाल्गुन २०७३ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App