बटरफ्लाईको होली गीत सार्वजनिक [भिडियो]

बुधबार, २५ फागुन २०७३, १० : ११ नागरिक

काठमाडौं- हिन्दूहरुको महान् चाड होलीको अवसर पारेर फिल्म बटरफ्लाईको गीत सार्वजनिक गरिएको छ। चितवनको सौरहामा खिचिएको गीतमा रंगको भरपुर प्रयोग गरिएको छ। 'तिम्रो मेरो मिलनको आयो हेर होली रे' बोलको गीतमा नेपाली सिनेमाका चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आर्यन अधिकारीले अभिनय गरेका छन्। 

फिल्मका निर्देशक ओम प्रतीक (गुरुङ)ले फिल्मको नामै बटरफ्लाई 'कलर्स अफ लभ' भएको बताउँदै गीतमा रंगको समिश्रण देखाइएको बताए। प्रमोद ढुंगानाको शब्दमा विकास चौधरीले संगीत भरेको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन्। राजेश पायल राई र मान्डवी त्रिपाठीले स्वर दिएका छन्।  

तिम्रो माया ९९ मेरो माया १००, फर्की आउ, यो कथा हो तिम्रो मेरोजस्ता फिल्म बनाइसकेका ओम प्रतीकले यो फिल्म रोमान्टिक भएको बताए। फिल्मलाई पाल्लापाको रानी महलमा सेट लगाएर खिचेको उनले बताए। फिल्मलाई सुरेज बज्रचार्यले खिचेका हुन्।

छिट्टै सिनेमा हलमा ल्याउने तयारी भइरहेको फिल्ममा प्रियंका र आर्यनका अलवा अर्पन थापाले पनि अभिनय गरेका छन्। पुष्पाञ्जली अधिकारी (सखा)को निर्माणमा बनेको फिल्ममा कार्यकारी निमार्ता रमेश प्रजापती, सहायक निर्माताहरु रामशरण राणा, भुपेन्द्र सुवेदी, सरोज शाह र नविन अधिकारी छन् भने कन्ट्री निर्माताको रुपमा ध्रुवराज विके छन्।

हेर्नुस् गीत








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad