१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आश्विनको बलमा अस्ट्रेलिया धराशयी

बेङ्लोर(एएफपी)– अफ स्पिनर रविचन्द्रन आश्विनले ६ विकेट लिएपछि भारतले मंगलबार अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा ७५ रनको विजय हासिल गर्दै चार खेलको शृंखलामा १–१ को बराबरी गरेको छ ।
बेङ्लोरको चिन्नास्वामी रंगशालामा १ सय ८८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले चौथो दिनको अन्तिम सेसनमा १ सय १२ रन बनाउँदा सबै विकेट गुमायो । विश्व वरीयताका शीर्ष टोलीबीच पुनेमा सम्पन्न पहिलो टेस्टमा लज्जास्पद हार बेहोरेको भारतले बेङ्लोरमा पुनरागमन गरेको छ ।
भारतलाई जित दिलाउने क्रममा आश्विनले ४१ रन दिएर ६ विकेट लिए । ४६औं टेस्ट खेलिरहेका आश्विनले एकै इनिङमा पाँच विकेट लिएको यो २५औं पटक हो । उनले नाथन लियोनलाई अस्ट्रेलियाको अन्तिम विकेटका रूपमा लिएपछि भारतीय खेलाडीले विजयको खुसी मनाएका थिए ।
‘पहिलो टेस्ट जसरी हा¥यौं त्यहाँबाट हामी पुनरागमन गर्न चाहन्थ्यौं । त्यो हामीले गरेर देखाएका छौं,’ भारतीय कप्तान विराट कोहलीले भने, ‘उनले एउटा लक्ष्य तय गरेका थिए । तर जस्तोसुकै अवस्थामा पनि जित्न सक्छौं भन्ने विश्वास हामीमा थियो । यहाँको वातावरणमा उनीहरूले जसरी खेले त्यो अविश्वसनीय छ।’
चेतेश्वर पूजारा र अजिन्क्या रहानेले पाँचौं विकेटका लागि १ सय १८ रनको महŒवपूर्ण साझेदारी गरेपछि चौथो दिन बिहानी सत्रमा अस्ट्रेलियन बलर निराश बनेका थिए ।
२ सय २१ बल खेलेका पूजाराले ७ चौकासहित ९२ रन बनाए भने रहानेले १ सय ३४ बलमा ४ चौकासहित ५२ रन बनाए ।
‘आज योजनाअनुसार भएन,’ अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले भने, ‘आश्विनले धेरै राम्रो प्रदर्शन गरे, जुन उनले पहिलेदेखि यहाँ गर्दै आएका थिए । हामीले लामो इनिङ खेल्न सकेनौं । तर, खेलाडीले चौथो दिनसम्म जुन प्रतिस्पर्धा गरे त्यसबाट म गौरवान्वित छु ।’
भारतले २१३–४ को स्थितिबाट चौथो दिन सुरु गर्दा पूजारा ७९ र रहाने ४० रन बनाएर खेलिरहेका थिए । थप ६१ रन जोड्दा भारतले सबै विकेट गुमायो । तेस्रो दिन तीन विकेट लिएका जस हाज्लेउडले चौथो दिन पनि ३ विकेट लिए । मिचेल स्टार्कले २ विकेट तथा ओ‘किफले १ विकेट लिए ।
३७ बलमा २ चौका र १ छक्का प्रहार गरेका करुण नायर २० रनमा अविजित रहे ।
१ सय ८८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले दोस्रो इनिङमा आक्रामक सुरुआत गरेको थियो । तर, आक्रामक देखिएका डेविड वार्नरलाई आश्विनले एलबिडब्लु आउट गरेपछि भ्रमणकारी टोलीले निरन्तर विकेट गुमायो ।
‘विकेट नआइरहेको अवस्थामा मैले रन रोक्ने काम गरें,’ आश्विनले भने, ‘ड्रेसिङ रुममा हामीले केही छोटो स्पेल गर्ने सल्लाह गरेका थियौं र त्यहीअनुसार परिवर्तन ग¥यौं । त्यसबाट सफलता पनि हात प¥यो ।’
शन मार्श उमेशकुमार यादवको पहिलो सिकार भए । इन–स्विङ बलिङलाई प्याड पन्छाउने प्रयास गरेका मार्शलाई रेफ्रीले एलबिडब्लु आउट दिए । मार्शले पनि बाँकी रहेको एक मात्र रिभ्यु खेर नफाल्ने सोच बनाए । तर, उनको निर्णय महँगो बन्यो । रिभ्युमा उक्त बल स्टम्पभन्दा धेरै परबाट गएको थियो । लगत्तै कप्तान स्मिथ पनि एलबिडब्लु आउट भएपछि घरेलु दर्शकले खुसी मनाएका थिए ।
स्मिथले ड्रेसिङ रुमको संकेत कुर्दै क्रिज नछाडेपछि फिल्ड अम्पायरले उनलाई पवेलियन जान भन्नुपरको थियो । स्मिथको उक्त व्यवहारले कप्तान विराट कोहली क्रुद्ध बनेका थिए । दोस्रो इनिङमा स्मिथले सबैभन्दा धेरै २८ रन जोडे । वार्नरले १७, पिटर ह्यान्सकोम्बले २४ र मिचेल मार्शले १३ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
आश्विनले ६ विकेट लिँदा उमेशकुमारले २ विकेट हात पारे । इशान्त शर्मा र रवीन्द्र जडेजाले १÷१ विकेट लिए । तेस्रो टेस्ट राँचीमा मार्च १६ बाट हुनेछ ।

 

प्रकाशित: २५ फाल्गुन २०७३ ०४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App