बालबालिका तस्करी गरेकाे अभियाेगमा रजनी श्रेष्ठ पक्राउ

शनिबार, २५ असार २०७३, १९ : ४१ दीपक खरेल  | @DeepakKharel037

काठमाडौं— सांस्कृतिक आदानप्रदानका नाममा नेपाली बालबालिका अमेरिका तस्करी गरेको आरोपमा पुतलीसडकस्थित सहारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई शनिबार प्रहरीले हिरासतमा राखेर कारवाही थालेको छ।

नौ जना बालबालिका अमेरिका पुर्याएर उतै छाडेको अभियोगमा अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले मानव ओसारपसार  तथा बेचबिखन ऐनअन्तर्गत थप कारवाहीका लागि श्रेष्ठलाई शनिबार हिरासतमा लिएको हो । परिसरले अनुसन्धानका लागि हाजिरी जमानीमा राखेकी श्रेष्ठलाई थप प्रमाणका आधारमा हिरासतमा लिएको  हो ।

परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले थप अनुसन्धानका लागि श्रेष्ठलाई हिरासतमा लिएको पुष्टि गरे । उनले घटनापछि प्रहरीको नियमित सम्पर्कमा रहेकी श्रेष्ठका बिरुद्ध थप प्रमाण जुटाउन हिरासतमा लिनु परेको बताए । उनले भने ‘घटनाका विषयमा थप प्रमाण र आधार भेटिएका छन, कानुन अनुसार अनुसन्धान हुन्छ। ’

समर स्कुलका लागि भनेर अमेरिका पुर्याइएका नाै बालबालिका न्युयोर्क विमानस्थलबाट भगाएपछि फर्किने क्रममा त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थल अध्यागमनले रजनीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो। अमेरिका प्रवेश गर्दा साथमा रहेका बालबालिका पछि बेपत्ता देखिएपछि अध्यागमन विभागले प्रहरीलाई असार १६ गते  पत्राचार गर्दै श्रेष्ठमाथि अनुसन्धान गर्न आग्रह गरेको थियो।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

Ncell Footer Ad