१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपभोक्ता हितविपरीत व्यवसाय गर्नेलाई कारबाही हुन्छः मन्त्री पुन

काठमाडौँ आपूर्तिमन्त्री गणेशमान पुनले उपभोक्ताको हित विपरीत सामग्री बिक्री वितरण गर्नु सामाजिक अपराध भएकाले त्यस्ता व्यक्ति वा सङ्घसंस्थालाई कारबाही गरिने बताए।

रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा मन्त्रालय सहितको टोलीले पछिल्लो समय औषधि, माछा मासु, दूध, मिठाइ र तरकारीमा गरेको अनुगमनमा ती वस्तु उपभोक्ताको स्वास्थ्यको हित विपरीत रहेको पाइएकाले कडा कारबाही गरिने बताए।

अनुगमनलाई थप प्रभावकारी बनाउन मन्त्रालय, मन्त्री, सरोकारवाला निकाय मात्रैले गर्न नसक्ने बताउँदै त्यसको लागि नेपाली जनता र उपभोक्ताले पनि सहयोग गर्नुपर्ने मन्त्री पुनको भनाइ छ ।

आगामी दिनमा काठमाडौँ उपत्यका बाहिरका जिल्लामा पनि नियमित रुपमा अनुगमन गरिने जानकारी उनले गराए। अनुगमनका क्रममा गल्ती ठहर भएका केही औषधि र मासु पसललाई सिलबन्दी गरिएको छ भने केही तरकारी पसल र मिठाइ पसललाई तीन दिनभित्र सम्बन्धित कागजपत्र लिएर विभागमा आउन निर्देश दिइएको छ ।

आपूर्ति मन्त्रालय, विभाग र सरोकार भएकाहरुको टोलीले पाँच दिनदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अनुमगन गरिरहेको छ । रासस

प्रकाशित: २५ असार २०७३ ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App