चालिस वर्षमाथिकालाई ‘युवा’ भन्न नपाइने

मङ्गलबार, २४ फागुन २०७३, १४ : ५९ नागरिक

काठमाडौँ- सरकारले १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई मात्र ‘युवा’ बाट सम्बोधन गर्न सरकारी निकायलाई परिपत्र गरेको छ।

युवा तथा खेलकुद मन्त्रालयले यही फागुन ९ गतेको मन्त्रालयस्तरीय निर्णयानुसार युवाको उक्त उमेर निर्धारण गरेको हो। मन्त्रालयले नेपाली युवाको हकहित संरक्षण गर्दै तिनलाई सक्षम तुल्याई राष्ट्रिय विकासको मूल प्रवाहमा एकीकृत गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न राष्ट्रिय युवा परिषद् ऐन, २७२ बमोजिम युवा परिषद् गठन गरेको जनाउँदै देशका ७५ वटै जिल्लामा युवा समिति कार्यालय सञ्चालन भएको बताएका छ।

परिषद् ऐनमा युवाको उमेर १६ देखि ४० वर्ष निर्धारण भए पनि नेपाल सरकारका विभिन्न निकायका नीति, कार्यक्रममा युवाको उमेरको विविधता पाइएकाले अबउप्रान्त मन्त्रालय र अन्तर्गतका सचिवालय, परिषद्, प्रतिष्ठान र समितिका कार्यक्रममा युवाको उमेर ऐनबमोजिम नै कायम गर्न सम्बन्धित सबैमा आग्रह गरिएको छ। रासस

 







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad