१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मलेसियमा मारिएका व्यक्ति सामान्य नागरिक भएकाे स्वीकाराेक्ति

काठमाडौं– उत्तर कोरियाली शासकका सौतेनी दाई किम जोन नामको हत्या प्रकरणले पछिल्लो समय मलेसिया र उत्तर कोरियाबीचको कुटनीतिक सम्बन्धमा फाटो आएको छ। हत्या प्रकरणकै कारण दुबै देशले आआफ्ना देशमा रहेका राजदूतलाई फिर्ता पठाइएकेका र एकअर्का देशको नागरिकलाई समेत दुबै देशले प्रवेशमा प्रतिबन्ध लागएपछि कुटनीतिक सम्बन्ध चिसिएको हो। 

मलेसियामा भएको उक्त घटनाको सत्यतथ्य छानविन भई समस्या समाधान नभएसम्मका लागि उत्तर कोरिया पनि मलेसियाका राजदूत तथा नागरिकलाई उक्तर कोरिया प्रवेशमा रोक लगाएको जनाएको छ ।  

मलेसियाली नागरिकलाई उत्तर कोरिया प्रवेशमा रोक लगाउन मलेसियाले नै बाध्य पारेको कोरियाली राजदूतावासले जनाएको छ। 

कोरियाले घटनामा उनीहरुको संलग्नता रहेको भन्ने मलेसियनहरुको तर्कलाई गलत भन्दै मृत व्यतिm किम जोङ नाम नभएर अरु नै सामान्य नागरिक भएको बताएका छन् । किम अर्कै नामको पासबार्ड बोकेर यात्रा गरिरहेका थिए भन्ने उनीहरुको दाबी रहेको छ ।

उत्तर कोरियाले गरेको यो निर्णयबाट कति मलेसियन नागरिकहरु प्रभावित हुन्छन् भन्ने यकिन भइसकेको छैन । किमको हत्याको आरोपमा दुई महिलाहरुलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढिसकेको छ ।

मलेसियन प्रहरी प्रमुख अबु बेकरका अनुसार मलेसिया स्थित उत्तर कोरियाली राजदूताबासमा भेटिएको दुई प्रमुख रहस्यहरु नै प्रहरी अनुसन्धानको आधार भएको बताएका छन् । उनले घटनाको पाँच वर्षपछि भएपनि त्यसको सत्य बाहिर आउने र त्यसका लागि कुर्न आफूहरु तयार भएको पनि उनले बताए ।

अनुसन्धानले उनी एक उत्तर कोरियाली नागरिक मात्र भएको र उनी अर्कै नामको पासवर्डमा यात्रा गरिरहेका थिए भन्ने तथ्य फेला परेको पनि मलेसियन प्रहरी प्रमुखको भनाइ छ । 

प्रकाशित: २४ फाल्गुन २०७३ ०८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App