१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गृह मन्त्रालयद्वारा सप्तरीका सिडिओसहित सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो

काठमाडौं- गृह मन्त्रालयले सप्तरीका जिल्ला प्रमुखहरुलाई फिर्ता बोलाएको छ। सोमबार तीन जनको ज्यान जानेगरी घटना भएपछि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद तिम्सिना, नेपाल प्रहरीका एसपी दिवेश लोहनी र सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्कालाई फिर्ता बोलाउने निर्णय गरेको हो। मन्त्रालयले नेपाल प्रहरीका डीएसपी दानबहादुर खड्कालाई पनि फिर्ता बोलाएको छ।

यसअघि गृहमन्त्री विमलेन्द्र निधिले तीनवटै सुरक्षा निकायका प्रमुखसँग सोमबारको घटनाबारे जानकारी लिएका थिए। नक्सालस्थित प्रहरी मुख्यालयमा भएको छलफलमा निधिले बल प्रयोग नगरी स्थिति सामान्य अवस्थामा फर्काउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको गृहमन्त्रालयले जनाएको छ।

प्रकाशित: २४ फाल्गुन २०७३ ०७:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App