१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मोर्चा सप्तरीको आपतकालीन बैठक राजविराजमा जारी

मोर्चा सप्तरीको बैठक। तस्विरः जितेन्द्र

राजविराज—मधेसी मोर्चा सप्तरीको आपतकालीन बैठक राजविराजमा जारी छ। प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको अवस्था विश्लेषण गरी आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा मोर्चाको आपतकालीन बैठक बसिरहेको हो।

मृत्यु भएकाहरुको शवलाई के गर्ने, घाइतेहरुको उपचार व्यवस्था कसरी प्रभावकारी बनाउने, आन्दोलनस्वरुप कस्तो पार्ने भन्ने विषयमा छलफल भइरहेको छ। मृतकका परिवारलाई क्षतिपूर्ति दिनेबारे पनि बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ।

सोमबार एमाले सभा बिथोल्ने प्रयास गर्दा प्रहरीको गाली लागि तीन मोर्चा कार्यकर्ताको मृत्यु भएको थियो।

मोर्चाका एक नेताका अनुसार बैठकमा मृत्यु भएकाहरुको शवलाई के गर्ने, घाइतेहरुको उपचार व्यवस्था कसरी प्रभावकारी बनाउने, आन्दोलनस्वरुप कस्तो पार्ने भन्ने विषयमा छलफल भइरहेको छ। मृतकका परिवारलाई क्षतिपूर्ति दिनेबारे पनि बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ।

मोर्चाका सप्तरी संयोजक दिनेश यादबको अध्यक्षमा बसिरहेको बैठकमा सप्तरी घर भएका मधेसवादी दलका केन्द्रीय नेताहरु समेत सहभागी छन्।

सद्भावना पार्टीका बरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादब, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साह, फोरमकै तराई—मधेस प्रादेशिक समितिका मुख्य सचिव शम्भु झा, केन्द्रीय सदस्यहरु अनिरुद्धप्रसाद यादब, अशोक यादब र सूर्यनाथ यादब सुभाष तथा सद्भावना पार्टीका केन्द्रीय सदस्य सत्यनारायाण यादब सहित १२ भन्दा बढी नेताहरु बैठमा छन्।

स्थिति सामान्यतर्फ

मोर्चाले आह्वान गरेको तराई बन्दको असर मंगलबार सप्तरीमा देखिएको छ। विद्यालय, कलकारखाना तथा यातायात ठप्प छन्। राजविराजको मुख्य बजार क्षेत्रमा मोर्चाका कार्यकर्ता हिँडिरहेको देखिन्छ। सुरक्षाकर्मी सडकमा देखिएका छैनन्।

प्रहरीको गोली लागेर जिल्ला बार सप्तरीका कोषाध्यक्ष दिगम्बर यादब घाइते भएको विरोधमा जिल्ला बार र उच्च अदालत बार इकाइले बन्दी प्रत्यक्षीकरण, थुनछेक र निषेधाज्ञाबाहेकका मुद्दामा बहस नगर्ने निर्णय गरेको छ। यादबको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २४ फाल्गुन २०७३ ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App