१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सप्तरी घटनाको आक्रोशमा सिरहामा दुई ट्रकमा आगजनी

लहान- सप्तरीमा प्रहरीको गोलीबाट मधेसी मोर्चाका तीनजना प्रदर्शनकारीको निधन भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुलार्ई सुरक्षा घेरामा सुरक्षाकर्मीले सशस्त्र प्रहरी गण बरमझिया पुर्याएको थियो। सशस्त्र प्रहरीको गणबाट साँझ सुरक्षा घेरामै नेताहरुलाई ईटहरी पुर्याइएको थियो।

                मेची–महाकाली अभियान अन्तर्गत गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा भैरहेको कार्यक्रम बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा एक युवकको  घटनास्थलमै र दुईजनाको उपचारको क्रममा धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएपछि तनाव भड्केको छ।

                कार्यक्रम स्थलको सुरक्षा अवस्था खलबलीएपछि एमाले अध्यक्ष ओली, माधव कुमार नेपाल, सत्यनारायण मण्डल, लालबाबु यादव सहितका नेताहरुलाई सुरक्षाकर्मीले सशस्त्र प्रहरी गण बरमझीयामा सुरक्षित गरेको पूर्व क्षेत्रीय प्रहरी प्रमुख(डिआईजी) रमेश भट्टराईले जानकारी दिए । उनले भने‘ प्रमुख नेताहरु सोमवार काठमाडौं फर्किन्छन्।’ ‘उहाँहरु तीन दिनका लागि कार्यक्रम स्थगित गरी काठमाडौं फर्किने जानकारी प्राप्त भएको छ।’             

सिरहामा दुई ट्रकमा आगजनी दर्जन सवारी तोडफोड  

सप्तरी घटनापछि आक्रोशित मधेसी मोर्चाका कार्यकर्ताहरु लहान ३ मा ना ४ ख २०८४ नम्बरको ट्रक र गोलबजारको पशुपती पेट्रोल पम्प नजिक नम्बर खुल्न नसकेको    ट्रकमा आगजनी गरेको छ।

                गोलबजारमा मोर्चा कार्यकर्ताले राजमार्गमा टायर बालेर गरेको प्रदर्शनका कारण रोकिएका करिब एक दर्जन यात्रु वसमा तोडफोड गरिएको छ । जसका कारण एक यात्रु वसका चालक महेन्द्र साहु तेली गम्भीर घाईते भएका छन् । ढुँगा प्रहारबाट वसको सिसा फुटेर टाउँकोमा गम्भीर चोट लागेको साहलाई भुमिजा अस्पताल गोलबजारमा प्राथमिक उपचार पछि थप उपचारार्थ न्युरो अस्पताल विराटनगर पठाइएको अस्पतालका स्वास्थ्यकर्मी निरञ्जन शाक्यले जानकारी दिए ।

                मोर्चाका कार्यकर्ताले राजमार्गको विभिन्न खण्डमा टायर बालेर प्रदर्शन जारी राखेपछि यात्रु वस निजि सवारीहरु लहान गोलबजार मिर्चैया लगायतका स्थानमा अलपत्र परेका छन्।

प्रकाशित: २३ फाल्गुन २०७३ १५:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App