१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सप्तरी घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो (अपडेट)

धरान- सप्तरी घटनामा तीन जनाको मृत्यु भएको छ। सप्तरीमा प्रहरीको गोली लागि घाइते भएका थप दुई जनाको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको छ। मृत्यु हुनेमा आनन्द साह र  पिताम्वरलाल मण्डल रहेका छन्। यस अघि घटानस्थल गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्रमा प्रहरीको गोली लागेर संजन मेहताको मृत्यु भएको थियो।

घटनामा गम्भिर घाइते भएका ९ जनालाई थप उपचारको लागि धरान लगिएको थियो। घाइते मध्ये ४ जनाको अवस्था गम्भिर छ।

मेची- महाकाली अभियान अन्तर्गत नेकपा एमालेद्वारा सप्तरीमा आयोजित कार्यक्रममा झडप हुँदा अवस्था तनावग्रस्त भएको थियो। कार्यक्रमको विरोधमा रहेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा गोली चलेको थियो।

 

प्रकाशित: २३ फाल्गुन २०७३ १४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App