१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मंगरबार वर्षा हुन सक्ने

काठमाडौं— पश्चिमी वायुको कारणले उपत्यका लगायत पश्चिमा नेपालमा मंगलबारबाट मौसम बदली हुने देखिएको छ। मंगलबार उपत्यकामा छिटफुट वर्षात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। ‘सोमबार उपत्यकाको मौसममा सामान्य बदली देखिएको छ भने मंगलबार फाटफुट वर्षात हुन सक्छ,’ महाशाखाका वरिष्ठ मौसमविद्ध सुजन सुवेदीले भने, ‘मंगलबार पश्चिम नेपालमा भने सामान्य वर्षात हुन सक्छ ।’

उनका अनुसार मंगलबार तथा बुधबार पनि उपत्यका र पश्चिमा नेपालमा मौसममा बलदी देखिनेछ। प्रि मनसुन सुरुवात भएको कारणले पनि मौसममा बेलाबेलामा बदली देखिने महाशाखाले जनाये । मार्च, अप्रिल र मे महिनालाई प्रि मनसुनको महिना मानिन्छ ।

प्रकाशित: २३ फाल्गुन २०७३ ०३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App