१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'म ३१ बर्ष भए स्थानीय निर्वाचनमा भोट हालेको छैन'

काठमाडौं- स्थानीय निर्वाचनको पक्षमा युटुवमा एउटा भिडियो सार्वजनिक भएको छ। समाजका विभिन्न क्षेत्रमा क्रियासिल युवाहरुको स्थानीय निर्वाचनमा भोट हाल्न नपाएको अनुभव समेटिएको छ। २ मिटेन ४४ सेकेन्डको भिडियो इन्डिपेन्डेन्स सिटिजन कोलिसनले तयार पारेको हो। यस अघि पनि कोलिसनले टेलिभिजन समाचारको शैलीमा निर्वाचनको माग गर्दै भिडियो बनाएको थियो।

सार्वजनिक भिडियोमा युवाहरुले आफ्नो उमेर भन्दै आफुले स्थानीय निर्वचन मार्फत नेता चुन्न नपाएको गुनासो पोखेका छन्। युवा बैज्ञानिक प्रतिभा पाण्डेले ३१ बर्ष काटे पनि स्थानीय निर्वचनमा भोट हाल्न र नेता चुन्न नपाएकोमा दु:खी भएको बताएकी छन्। यस्तै माल्भिका सुव्वाले पनि स्थानीय निर्वाचन नहुँदाको बेफाइदा बारे भिडियोमा प्रतिक्रिया दिएकी छन्।

लोकतन्त्रलाई जनताको हातमा पुर्‍याउन पनि निर्वाचन हुनु पर्ने युवाहरुले भिडियोमा भनेका छन्। उनीहरुले स्थानीय स्तरमा नेताहरु नहुँदा दलालिकरण र भ्रष्ट्राचार बढ्ने औंल्याएका छन्। ३५ बर्ष मुनिका १ करोड भन्दा बढी नेपालीले एक पटक सम्म पनि स्थानीय निर्वाचनमा भोट खसाल्न पाएका छैनन्। देशमा स्थानीय निर्वाचन भएको दुई दशक वितिसकेको छ। सरकारले बैशाख ३१ गतेलाई स्थानीय निर्वाचनको मिति तोकेको छ।   

भिडियो:

प्रकाशित: २२ फाल्गुन २०७३ ०९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App