सोझो गाउँले
सपनाका लाशहरूको पहाडै ठडिए पनि
सपना देख्न छाड्दैन आ“खाले
बाटोभरि का“डैका“डा बिछ्याएका भए पनि
पाइला रोक्दैन पैतालाले
हि“ड्दाहि“ड्दा गन्तव्य कहिल्यै नभेटिए पनि
एकै ठाउ“मा जरा गाड्दैन खुट्टाले
हरेक युद्ध हारे पनि अ“ह
हार स्वीकार गर्न मान्दैन जिन्दगीले
सूर्यलाई पखाला लागेछ भने पनि
पृथ्वीलाई ज्वरो आएछ भने पनि
हैजा फैलिएको मौसम रहेछ भने पनि
न्यानो घामको आश लाग्दोरहेछ
माटोमा सुवास मगमगाउ“दो रहेछ
मन परेको गीत गुनगुनाउन त झन्
कसले रोक्न सक्छ?
घडीको सुई उल्टो घुमाएर
समय पछाडि फर्किंदैन
बा“धहरू जति नै बा“धे पनि
सागर नभेटी खोलाले विश्राम लिँदैन
जतिसुकै ठूलो पर्खाल लगाए पनि
मृत्युको ढोका थुन्न सकि“दैन
जडौरी रहर पनि कहिलेकाही“
नया“ ब्रान्डको सामानझै“ मार्केट लि“दा रहेछन्
भा“च्चिइसकेका विश्वास पनि कहिलेकाही“
वसन्तको पालुवाझ“ै पलाउ“दा रहेछन्
मरिसकेका सपना पनि कहिलेकाही“
मशानघाटबाट फर्केर आउ“दा रहेछन्
हेर्नेहरूले यहा“, मनको आ“खाले नहेरिदिनाले
सुन्नेहरूले यहा“, मुटुको कानले नसुनिदिनाले
पढ्नेहरूले यहा“, हृदयले नपढिदिनाले
आफ्नै वास्ना सु“घ्दै भा“ैतारिएको
कस्तुरी भएको छ मान्छे
नत्र भने—
ढुंगामा कु“दिएका अक्षरहरू पनि
हृदयका पानाबाट साभार गरिएका हुन्
हरियाली पहाडका तरेलीहरू पनि
कविताका सुन्दर हरफ हुन्
नदीले हालेका सुसेली पनि
मीठो गीतका सरगम हुन्
ओसामा बिनले बोधिवृक्षमा विमान ठोकाए पनि
गान्धीको छातीमा हिटलरले गोली बर्साए पनि
लिंकनको टेबुलमाथि स्टालियनले बुट बजारे पनि
हिमालहरू शिर झुकाउने छैनन्
चराहरू उड्न डराउने छैनन्
फूलहरू मुस्कुराउन छाड्ने छैनन्।
सारंगीको र्याइँर्याइँ
जीवनको मेहफिलमा
हृदयको हार्मोनियम बजाउँदा बजाउँदै
आन्द्राहरू खुम्चिएर कराए पनि
जीजीविषाको सारंगी रेटेर मैले
उदास आकास घन्काएकै हुँ
आफ्नै शरीरको छाला काढेर
बोसो झिकेर खरी लगााउँदै
नशाहरू तन्काएर मादल कसेपछि
आफ्नै छाती ठोकेर मैले
सुतेको धरती ब्युँझाएको हुँ
पूर्णिमाको जून सबैले मन पराउँछन्
तर, जूनले सहेका चोटका दागहरूप्रति
कसैले दिलचस्पी राख्दैनन्
बाँसुरीको धुन सबैले मीठो भन्छन्
तर, बाँसुरीमा जस्तै बाँसुरी बजाउनेको
जीवनमा परेका प्वालहरू कसैले देख्दैनन्
फूल टिपेपछि बोटलाई बिर्सिनेहरू सुन!
सुन ए! फल खाएर हाँगा भाँच्नेहरू सुन!
तिमीहरूले निलेको प्रत्येक गाँसमा
मेरो रगतको स्वाद मिसिएको छ
तिमीहरूले लिएको प्रत्येक सासमा
मेरो आँशुको वास्ना घोलिएको छ
तिमीहरू बसेको महँगो आवासमा
मेरो पसिनाको रङ लत्पतिएको छ
मेरो मुटुको गीतको अवमूल्यन गरेर
रोबोटलाई सारंगीको कथा नसोध
गएर भोकले रोएको गाइनेलाई सोध
मेरो आत्माको ईश्वरको अपमान गरेर
कम्प्युटरलाई कलमको व्यथा नसोध
दुनियाँले पागल घोषणा गरेको कविलाई हेर!
ए मूर्तिको पूजा गर्ने भक्तजनहरू!
छिनु चलाउँदा ठेला उठेका हातहरूको
मलमपट्टि गर्नुपर्दैन?
ए मन्दिरको महिमा गाउने पुजारीहरू!
मान्छेको मनलाई मन्दिर बनाउनुपर्दैन?
ए फूल देखेर थुक निल्ने अनुरागीहरू!
फूलजस्तै जीवनलाई सुन्दर बनाउनुपर्दैन?
सिंहाशनमा बसेका अन्धाहरूले
सदन पसेका बहिराहरूले
यत्ति कुरा बु‰नुपर्छ–
ऐना फुट्यो भने अनुहार हेर्ने पाइँदैन
माली नै जिउँदो नरहे बगैँचा रहँदैन
र, जरुर बु‰नैपर्छ–
सारंगीलाई पनि भोक लाग्छ।
उदास साँझ
दिन ढल्दैढल्दै दिलको घाम अस्ताएर
आफ्नो लाश आफ्नै आँखाअगाडि
चितामा जलेको देखेपछि
सुनसान मनको मसानघाटबाट
धुवाँको मुस्लोसँगै उडे
जीवनका अवशेषहरू
धागो टुटेर उछिटिएको चंगाझैँ
सपनाको बेहोसी घोडा कुदाउँदाकुदाउँदै
अकस्मात! घुम्तीमा ठोक्किएका चाहना
र, टुक्रिएको मनका रंगहीन तरंगहरू
बादलका धब्बा बनेर गोँधूलिमा तैरिँदै
प...र पुगेर क्षितिजतिर हराउँछन्
दिनभरि सुरुङ खनेर गन्तव्य नभेटिएपछि
भ्वाङ परेको पहाड यो छातीभरि
ढलपल ढलपल एक मुठी सास बटुली
आफ्नै रगत चोपेर लेखेका गीतका पानाहरू
आफ्नै हातले जलाइ दिनुपर्छ
शिशिरमा कठ्यांग्रिएका नांगा बुटाहरूले
वसन्तमा नयाँ पालुवा फेरे पनि
ग्रिष्मको धुपमा हुरीले पात उडाएझैँ
बोक्रा फेरे पनि समयले
पुराना घाउ पुरिन नपाउँदै
नयाँ व्यथा सुरु हुन थाल्छ
बादल र वर्षाको गड्याङगुडुङबीच
बिजुली बनेर चम्किने खुसी
सुरुसुरुमा साह्रै रंगीन लाग्छन्
चुइंगम चपाउँदाचपाउँदै गुलियो कम हुँदै
अन्त्यमा रबर चपाएर चित्त बुझाउनुपर्छ
बलेको मैनबत्तीझैँ
मुटुको बोसो तप्किए पनि
पिँधमा थेग्रिएको पीडाको खात जलाएर
ज्योति फिँजाउँदै चम्किनुपर्छ
थ्ााँक्रोमा झुन्डिएर काँक्रोले
आकास छुन खोजेझैँ
आशाको त्यान्द्रो समातेर
निस्पि्कक्री बाँचिदिनुपर्छ
समयका क्रूर वाणको
हरेक प्रहारको जवाफमा
ङिच्च दाँत देखाउनुपर्ने यो जिन्दगी
यो जिन्दगी एउटा कठोर कारागार रहेछ
हजारौँ सपना निस्सासिएर मरेका छन् यहाँ
यो होचो सिलिङ र साँघुरा भित्तासँग ठोक्किएर
ढलेका छन् कैयन् रहर
तर, त्यत्तिमात्र होइन
त्यहाँभित्र पनि बाँच्ने एउटा ठाउँ छ
त्यो ठाउँमा सकेजति फैलनुपर्छ
फाट्नुपर्छ, तन्किनुपर्छ, उफ्रिनुपर्छ
लम्पसार पर्नु हुन्न आँखा चिम्लेर
आँखा खोलेरै अंगप्रत्यंग चलाइदिनुपर्छ
पूर्वको रातो सूर्यसँगै
बिहान उदाएका आशाका किरण
मध्याह्नको प्रचण्ड गर्मीसँग पौँठेजोरी खेल्दै
साँझमा जब डाँडामाथिको घामसँगै मरेर जान्छन्
तब क्षितिजको गोँधूलि हेरेर
एकसुरले एकान्तमा टोलाउनुपर्छ
सम्साँझमा बास माग्ने बटुवा यो मन
बेलुकी निद्राको ओडारमा बसेपछि
रातभरि सपनाको भूतले सताउँछ
सपनामा शिखरै टेके पनि
संसारै समेटे पनि
भ्ोलिपल्ट सखारै ब्युँझिएर
उही पुरानो अनुहार ऐनामा हेर्दै
भित्ताको क्यालेन्डर फर्काइदिनुपर्छ।
प्रकाशित: २१ फाल्गुन २०७३ ०६:२७ शनिबार