१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाललार्इ विश्व बैंकले दश अर्ब डलर ऋण दिने

काठमाडौँ– विश्व बैंकले वित्तीय क्षेत्र सुधार तथा बैकिङ क्षेत्रका जोखिम घटाउन नेपाल सरकारलाई दश अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । 

नेपाल सरकारको मध्यकालीन वित्तीय क्षेत्र सुधारका लागि उक्त रकम ऋणस्वरुप प्रदान गर्न बैंकले शुक्रबार स्वीकृति जनाएको हो । 

‘तेस्रो वित्तीय क्षेत्र स्थायित्व कर्जा’ शीर्षकमा नेपाललाई प्रदान गरिने उक्त रकम वित्तीय क्षेत्रको विकास, वित्तीय प्रणालीको पुनःसंरचना तथा वित्तीय क्षेत्र सुदृढीकरण, जोखिम व्यवस्थापन, बैंक तथा बिमा संस्थाको भुक्तानी प्रणालीको सुदृढीकरण तथा नियमन र बैकिङ क्षेत्रको पारदर्शिता एवम् सुशासन प्रवर्द्धनका लागि स्वीकृत भएको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस 

प्रकाशित: २० फाल्गुन २०७३ १३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App