१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मेची–महाकाली अभियानका लागि एमाले नेताहरू झापामा

झापा– पार्टीलाई ‘मधेशविरोधी भन्दै फिँजाइएको भ्रम चिर्ने’ लक्ष्यका साथ शुरु हुन लागेको मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी हुन एमाले शीर्ष नेताहरु शुक्रबार झापा आइपुगेका छन्।  

‘एमालेलाई मधेश र मधेशविरोधी भनेर भ्रम फिँजाइएको छ’, शुक्रबार झापाको ज्यामिरगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले भने, ‘यो यात्राले त्यो भ्रम समाप्त पार्नेछ । हामी जनताका घर–घर पुग्नेछौं, एमालेले अघि सारेको एजेण्डा बताउनेछौं।’ 

अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा वामदेव गौतम,  योगेश भट्टराई, अमृत बोहरा, लालबाबु यादव, मुकुन्द न्यौपाने लगायतका नेताहरु झापा आइपुगेका छन्। अन्य नेताहरु पनि आउने क्रम जारी छ।

‘साँझसम्ममा सबै शीर्ष नेताहरु झापा आइपुग्नु हुनेछ,’ एमाले झापाका नेता गोपाल बुढाथोकीले भने ‘स्थानीय रुपमा गर्ने तयारी पूरा भइसकेको छ। शनिबार काँकडभिट्टाबाट एमालेको मधेश केन्द्रीत मेची महाकाली अभियानको शुरुआत हुनेछ । यात्राको सम्पूर्ण तयारी पूरा भएको एमालेले जानकारी दिएको छ।

‘एमालेलाई मधेश र मधेशविरोधी भनेर भ्रम फिँजाइएको छ’, शुक्रबार झापाको ज्यामिरगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले भने, ‘यो यात्राले त्यो भ्रम समाप्त पार्नेछ । हामी जनताका घर–घर पुग्नेछौं, एमालेले अघि सारेको एजेण्डा बताउनेछौं।’ 

काँकडभिट्टाबाट शुरु हुने अभियान मधेशका विभिन्न जिल्ला हुँदै महेन्द्रनगर पुग्ने र चैत दोस्रो साता सुर्खेतमा जनसभासहित समापन हुनेछ।

पहिलो दिन झापाको काँकडभिट्टा, विर्तामोड र दमकमा जनसभा हुने एमालेले जानकारी दिएको छ। स्थानीय व्यवस्थापनको नेतृत्व गरिरहेका नेता बुढाथोकीका अनुसार उद्घाटन सभामा कम्तीमा २५ हजार जनता सडकमा उतार्ने तयारी भएको छ।

सभापछि शुरु हुने र्यालीलाई राजमार्गको दायाँबायाँ उभिएर हजारौंले स्वागत गर्ने उनले बताए। उनका अनुसार सबै नेता तथा मुलुकका विभिन्न भागबाट यात्रामा सहभागी हुन झापा आइपुगेका सबैलाई काँकडभिट्टाका कार्यकर्ताका घर–घरमा आवासको व्यवस्था गरिएको छ । 

 

प्रकाशित: २० फाल्गुन २०७३ ०९:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App