लुक्ला–काठमाडौँ हवाई जहाजमा एक्ला यात्रु

शुक्रबार, २० फागुन २०७३, १५ : २२ नागरिक

सोलुखुम्बु- चौँरीखर्कस्थित एक विद्यालयमा अध्यापन गर्ने बाक्सिला खोटाङका विजय राई बिहीबार लुक्लाबाट काठमाडौँसम्म हवाईजहाजको यात्रु सिटमा एक्लै यात्रा गरे।

तीनजना चालक दलका सदस्य भए पनि सीता एअरको यात्रु बस्ने १८ वटा सिटमा उनी एक्लै  थिए। यात्रुको सिटमा एक्लै यात्रा गरेको यो उनको पहिलो अनुभव हैन, यसपटकसमेत गरी उनले पाँचौँपटक एकल यात्रीको रुपमा लुक्ला–काठमाडौँको यात्रा गरिसकेका छन्। राई भन्छन्– “हवाई जहाजमा एक्लै यात्रा गर्नु मेरो चाहना हैन, बरु एअरलाइन्सको बाध्यता हो।”

अहिले खुम्बु क्षेत्रमा पर्यटकीय मौसम सुरु भएको छ, त्यसैले राजधानीबाट लुक्ला जाने यात्रुको भीड नै लाग्छ, विदेशी पर्यटक र जाडो छलेर फर्कने स्थानीयवासीसमेत गरी दैनिक सयौँ यात्रु काठमाडौँबाट लुक्ला जान्छन्, त्यस्तै पर्यटकका लागि आवश्यक उपभोग्य सामान पनि हवाईजहाज कार्गो गरेरै ओसारिन्छ तर पर्यटक फर्कने बेला नभएकाले लुक्लाबाट फर्कंदा हवाईजहाज रित्तै फर्कनुपर्छ।

आजभोलि मानिस वा कार्गो लिएर दैनिक लुक्ला आउने १५/२० वटा हवाईजहाज फर्कंदा रित्तै हुन्छन् वा एकाध यात्रु लिएर फर्कन्छन् । पर्यटन व्यवसायमा संलग्न सोलुखुम्बु बुङका नीरकुमार राई पनि आफू लुक्लाबाट थुप्रैपटक यात्री बस्ने सिटमा एक्लै बसेर यात्रा गरेको बताउँछन्।

सगरमाथा क्षेत्रमा वर्षमा दुईपटक सिजन हुन्छ, वार्षिक ३५ हजारभन्दा बढी पर्यटक पुग्ने सगरमाथाको प्रवेशद्वारा लुक्ला हो । मुख्य सिजनका बेला लुक्ला विमानस्थलमा दैनिक सयको हाराहारीमा हवाईजहाज अवतरण हुन्छन् ।

तारा एअर लुक्लाका इन्चार्ज फुनुरु शेर्पा भन्छन् – “आजभोलियताबाट फर्कने मानिस हुँदैनन्, दुई/चारजना लिएर वा रित्तै पनि फर्कनुपर्छ, यहाँको अवस्था नै यस्तै भएकाले हामीलाई सामान्य लाग्छ।” रासस

 





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad