१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आयोजकलाई हराउँदै आर्मी फाइनलमा

बुटवल- आयोजक रूपन्देही—११ लाई टाइब्रेकरमा ४–२ हराउँदै त्रिभुवन आर्मी क्लबले बिहीबार १९औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ। गत वर्ष फाइनलमा ३–१ पराजित हुदै उपविजेतामा चित्त बुझाएको आर्मीले यस संकरणमा आयोजकलाई सेमिफाइनलमा रोकेर बदला लिएको छ।

एन्फा टेक्निकल सेन्टरमा निर्धारित ९० मिनेट र थप २० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकर तर्फ धकेलिएको थियो। टाइब्रेकरमा आर्र्मीका गोलकिपर सुशील श्रीवास्तवले सामसुङको पेनाल्टी खुट्टाले रोकेका थिए। त्यसअघि रूपन्देहीका एम ग्याबोलाको प्रहार खेर गएको थियो।

आर्र्मीका हिरण्य मगर, राजु तामाङ, विवेक बस्नेत र दीप लामाले गोल गरे। रूपन्देहीका सौरभ मगर र उत्तम गुरुङ मात्र गोल गर्न सफल भए।

त्यसअघि रूपन्देहीका दीपक राईले दुबैमा हाफमा गोलगर्ने राम्रो अवसर खेर फाल्दा आयोजक निराश बनेको थियो। आर्र्मीका तीनवटा प्रहार रूपन्देहीका गोलकिपर दिलीप क्षत्रीले विफल बनाए।

शनिबार हुने फाइनलमा आर्र्मीले सिएजमी संकटा क्लबसँग भिड्नेछ । संकटाले बुधबार हिमालयन शेर्पा क्लबलाई २–१ ले हराउँदै फाइनल पक्का गरेको थियो।

मोसफलकै प्रतिष्ठित गोल्डकपमध्येको एक तिलोत्तमा २०३३ सालमा सुरु भएको हो ।  आर्थिक अभाव र अन्य विभिन्न कारणले पछिल्ला केही वर्ष नियमित हुन नसकेको यो प्रतियोगिता गत वर्षदेखि नियमित हुँदै छ। विजेता टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार जित्नेछन्।

 

प्रकाशित: २० फाल्गुन २०७३ ०४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App