१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा २ को मृत्यु, २४ घाइते

दाङ– दाङमा बिहीबार भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। अन्य २४ जना घाइते भएका छन्। बस र ट्रक ठोक्किँदा एकजना र मोटरसाइकल दुर्घटनामा एक जना गरी दुईको मृत्यु भएको हो। 

तुलसीपुर अमिलिया सडक खण्डमा बस र ट्रक एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। धनगढीबाट तुलसीपुर तर्फ आउँदै गरेको से १ ख १२८७ नम्बरको ट्रक र तुलसीपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको रा १ ख ९४१ नम्बरको बस तुलसीपुर अमिलिया सडक खण्डको लेकमा ठोक्किँदा बसका चालक तुलसीपुर १९का बिरण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको र उनीहरुको नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस र ट्रक घुम्तीमा ठोक्किएका थिए। 

यस्तै बिहीबार तुलसीपुर १ हर्नेटी भन्ने स्थानमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । राम्री भन्ने स्थानबाट तुलसीपुरतर्फ आउँदै गरेको रा २ प ५२६२ नम्बरको मोटरसाइकल हर्नेटी भन्ने स्थानमा सडकबाट खस्दा मोटरसाइकल चालक सल्यान शारदा नगरपालिका १ घर भई हाल तुलसीपुर बेलुवामा बस्दै आएका मनोज अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल सडकबाट झण्डै ६ सय मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित: १९ फाल्गुन २०७३ १२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App