१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पत्रकारले देशभर निर्वाचनको वातावरण बनाऔँः अध्यक्ष विष्ट

भक्तपुर– नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले देशभर निर्वाचनको वातावरण बनाउन पत्रकारहरुलाई आग्रह गरेका छन्।  

देशमा निर्वाचन नजिकिँदै गरेको अवस्थामा पत्रकारले देशभर निर्वाचनको वातावरण बनाउनु पर्ने बताउनले बताएका हुन्।  

संविधान कार्यान्वयन र निर्वाचनका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले पत्रकार महासङ्घले निर्वाचनका सवालमा सकारात्मक भूमिका खेलिरहेको चर्चा गरे।  

उनले पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका लागि महासङ्घले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आफ्नो कार्यकालमा पत्रकारको स्वास्थ्य बिमा, ज्येष्ठ पत्रकार सम्मानलगायतका कार्य गर्न सफल भएको चर्चा गरे।  

स्थानीय निकायको निर्वाचन नभए देश गम्भीर सङ्कटमा पर्ने उनले बताए। । रासस 

प्रकाशित: १९ फाल्गुन २०७३ १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App